१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
बाँके जिल्ला फुटबल संघमा भोजराज शाही निर्वाचित
  • न्युज डेस्क

    ३ बैशाख २०७९, शनिबार

नेपालगन्ज

बाँके जिल्ला फुटबल संघको नेतृत्व पुनः भोजराज शाहीलाई दिइएको छ । दुई कार्यकाल बाँके फुटबलको नेतृत्व गरेका शाही शनिबार पुनः अध्यक्ष निर्वाचित भएका छन्।

नवनिर्वाचित अध्यक्ष शाहीले फुटबलको विकासका लागि सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

मतदानबाटै संघको उपाध्यक्षमा निर्मल चन्द, अनिल केसी र टोपेन्द्र खत्री निर्वाचित भएका छन् । सदस्यहरुमा गोवद्र्धनसिंह सम्झना, गोविन्दप्रसाद श्रेष्ठ, दिपेन्द्र घले, राजु तामाङ, अर्जुन खड्का, इन्द्रबहादुर राना, ईश्वर चन्द, दिपु राना, भोजबहादुर शाही र देवेन्द्र केसी निर्वाचित भएको संघले जनाएको छ ।

बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोहित शाहले साधारण सभाको उद्घाटन गरेका थिए । निर्वाचनमा केन्द्रबाट पर्यवेक्षकका रुपमा भरत बुढथापा सहभागी थिए ।

  • ३ बैशाख २०७९, शनिबार प्रकाशित
  • Nabintech