८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार
नेपालपुलिस क्लब र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको जित दर्ता
  • न्युज डेस्क

    १० चैत्र २०७८, बिहीबार

(नेपालगन्ज)
बिहिबार देखि नेपालगंनजमा सुरु भएको आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्रीकप अन्तर्राष्ट्रिय आमन्त्रण महिलाभलिबलप्रतियोगितामा नेपालपुलिस क्लब र नेपाली सेनाको त्रिभुवनआर्मी क्लबले जितदर्ता गरेका छन् ।
प्रतियोगिताको पहिलो दिन पहिलो खेलमा नेपालपुलिस क्लबले लुम्बिनी युनाइटेडलाई ३–० सेटले पराजित गरेको हो । पुलिसले २५–१४, २५–१३, र २५–९ ले पराजित गरेको हो ।
पुलिसकी मनिषाचौधरी प्लेयर अफ द म्याच घोषित भइन् । उनलाई नेपाली सेनाका सहसेनानीजनमतकार्की, पुर्व अन्तर्राष्ट्रिय भलिबल रेफ्रीअजितकुमार शर्मा, प्रेस चौतारी नेपालकाअध्यक्ष गणेश बस्नेत र कैलपाल एकेडेमीकानिर्देशक रेवती सिंहले पुरस्कृत गरे ।

त्यसैगरी दोस्रो खेलमा नेपाली सेनाको त्रिभुवनआर्मी क्लबे न्यु डायमन्ड एकेडेमीलाई ३–१ सेटले हरायो । आर्मीले २५–१५, २७–२९,२५–१७ र २५–२२ ले हराउन सफलभयो । त्यसमाआर्मीकी साफियापुनप्लेयर अफ द म्याच घोषित भइन् । उनलाई पुर्व खेलकुदप्रशासकअशोकजंगथापा, नेपालउद्योग वाणिज्य महासंघका पुर्व केन्द्रीय सदस्य कृष्ण श्रेष्ठ, मिठो छ टिटका संस्थापक सौभाग्यजंगशाह र भारोत्तोलनकी साग स्वर्णधारी सञ्जु चौधरीले पुरस्कृत गरे ।
यसअघि युवातथा खेलकुदमन्त्री महेश्वर जंगगहतराजले पिएमकप आठौं संस्करणको उद्घाटन गरेका थिए । भलिबलकाअन्तर्राष्ट्रिय रेफ्री गौतमप्रसाद लासिवालाई बल हस्तान्तरण गरेका थिए ।

लिगकम नकआउट प्रणालीमा खेलाइएको प्रतियोगिताको दोस्रो दिनपहिलो खेल नेपालपुलिस क्लब विरुद्ध हरियाणा स्पोर्ट्स क्लब(भारत) तथा दोस्रो खेल न्यु डायमन्ड एकेडेमी विरुद्ध एकलव्य खेलकुद परिसर(छत्तीसगढ भारत)को हुनेछ ।

नेपालीभलिबलको सर्वाधिकधनराशीको पुरस्कार रहेको प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रो टिमले एक लाख र चौथो हुने टोलीले ५० हजार नगद, पदक र प्रमाणपत्र प्राप्तगर्नेछन् ।
प्रधानमन्त्रीकपको पहिलो संस्करणमा नेपालपुलिस क्लब, दोस्रोमाएपीएफ, तेस्रो र चौथोमा रेलवे टिम इन्डिया, पाँचौंमाएपीएफ, छैटौंमापुलिस र सातौंमाएपीएफच्याम्पियन बनेका थिए । एपीएफ भने प्रतियोगितामा अनुपस्थित छ ।

  • १० चैत्र २०७८, बिहीबार प्रकाशित
  • Nabintech