मतदाता थपिए
रूपा गहतराज lनेपालगञ्ज l
बाँकेमा करिब ५ हजार नयाँ मतदाता थपिएका छन् । असोज १० गतेदेखि हालसम्म कूल ४ हजार ७ सय ७० मतदाता थपिएका हुन् ।
असोज १० गतेदेखि हालसम्मको अवस्था हेर्दा बाँकेमा उत्साहजनक रूपमा नयाँ मतदाता नामावली बनाउनेहरूको सहभागिता भइरहेको जिल्ला निर्वाचन कार्यालय बाँकेका निर्वाचन अधिकारी टेकबहादुर शाही बताउँछन् ।
उनका अनुसार नयाँ मतदाता लिनेमा आधाभन्दा धेरै नयाँ पुस्ताका मतदाता छन् । विगतको तुलनामा युवापुस्ताका मतदाता यसपटक बढेको उनले बताए ।
३५ वर्षभन्दा मुनीका मतदाताको उल्लेख्य सहभागिता रहेको उनको भनाइ छ ।
मतदाता नामावली भर्ने गाउँभन्दा सहरी क्षेत्रका मतदाता रहेको उनले बताए ।
निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली दर्ता आह्वान गरेदेखि कूल २ हजार ४ सय २४ जना पुरुष र २ हजार ४ सय ४६ जना महिला मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी युवराज पन्तका अनुसार जिल्लामा दैनिक ४ देखि ५ सय जनासम्म मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन आउने गरेका छन् ।
कार्यालयमा आउनेमध्ये करिब ९५ प्रतिशत नयाँ मतदाता रहेका छन् । पछिल्लोपटक सूचना जारी भएको मितिदेखि हालसम्म बाँकेमा १३६ जना मतदाताले आफ्नो मतदाता नामावली अद्यावधिक गरेका छन् । तीमध्ये पुरुषको सङ्ख्या ९३ जना र महिलाको सङ्ख्या ४३ जना रहेको छ । ‘नाम र वा ठेगाना त्रुटी भएका बढी आउँछन् । मतदान केन्द्र र उमेर फरक परेकासमेत आउने गरेका छन् ।
यसैगरी १३५ जना पुरुष र १३० जना महिलागरी कूल २६५ जना मतदाताले बाँके जिल्लाबाट अन्य जिल्लामा ठाउँसारी गरेको सूचना अधिकारी पन्तको भनाइ छ ।

जिल्लाका नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिका, जानकी, खजुरा र जानकी लगायतका क्षेत्रबाट बढी आउने गरेका छन् ।
२०७९ सालको निर्वाचनमा बाँकेमा १ लाख ६९ हजार ४९४ पुरुष र १ लाख ६४ हजार ५९ जना महिला गरी कूल ३ लाख ३७ हजार ८६२ जना रहेको थियो ।
१६ वर्ष उमेर पूरा भएका नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नागरिकले सार्वजनिक बिदाको दिनबाहेक प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयमा नाम दर्ता गर्न सक्छन् ।
३० कात्तिकसम्म नयाँ मतदाता नामावली दर्ता गर्न सकिने छ ।
जिल्लाका नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिका, जानकी, खजुरा र जानकी लगायतका क्षेत्रबाट बढी आउने गरेका छन् ।
२०७९ सालको निर्वाचनमा बाँकेमा १ लाख ६९ हजार ४९४ पुरुष र १ लाख ६४ हजार ५९ जना महिला गरी कूल ३ लाख ३७ हजार ८६२ जना रहेको थियो ।
१६ वर्ष उमेर पूरा भएका नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नागरिकले सार्वजनिक बिदाको दिनबाहेक प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयमा नाम दर्ता गर्न सक्छन् ।
३० कात्तिकसम्म नयाँ मतदाता नामावली दर्ता गर्न सकिने छ