७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार
घरदैलो हुँदै जनताको मन दैलोसम्म पुगेका छौ : भुषाल  
  • न्युज डेस्क

    २६ बैशाख २०७९, सोमबार

नेपालगन्ज – मौन अवधी सुरु हुन १ दिन मात्र बाँकि नेकपा एमाले कोहलपुर नगरपालिकाका उम्मेदवारहरुले आज कोहलपुर वडा नम्बर १२ का सबै टोलहरुमा घरदैलो को साथमा विभिन्न टोलहरुमा राखिएको कोणसभामा आफ्ना प्रतिबद्धता राख्दै वडा भित्रका समस्या पहिचान गर्दै हिडेका छन् ।                                           

कोहलपुर वडा नम्बर १२ स्थित जानकिनगर , शान्तिटोल , निबुवा , मसुरिखेत सुन्दरबस्ती लगायतका टोलहरुमा एमाले उम्मेदवाहरुले घरदैलो गरेका हुन। अभियानमा नेकपा एमाले कोहलपुर नगरपालिकाका मेयर पदका उम्मेदवार खिल प्रसाद भुषाल लगाएतले उम्मेदवारहरुले मतदाता शिक्षा संगै समृद्ध कोहलपुर निमार्णका लागि एमालेमा मतदान गर्न आग्रह गरेका हुन।
जनताको घरदैलो हुँदै मनदैलो सम्म नेकपा एमाले पुगिसकेको हुँदा जनतालाई बिभिन्न लोभ लालच देखाएर जनताको स्वाभिमान किन्न धनदैलो लिएर पुगेकाहरु सङ्ग सतर्क रहनुहुन मतदातालाई मेयर पदका उम्मेदवार खिल प्रसाद भुषालले आग्रह समेत गरेका छन् । उनले आफू जनताको सेवामा दिनरात खटिने र कसैलाइ अन्याय पर्दा न्यायको खोजिमा कानुन सङ्ग पनि लड्न तयार हुने भएको ले आफुले मतदाताको घरदैलो हुँदै मनदैलोमा पुगेर सम्पुर्ण कोहलपुरका मतदाताको मन जितेको हुँदा आफुलाई धनदैलो गर्न आवस्यक नरहेको बताए । उनले वडा नम्बर १२ मा डुबान कटान, ढल निकासको समस्या समाधान गर्न , निकुन्ज आसपासका जनतालाई निकुन्जका जनावरबाट हुने क्षती रोक्न र कृषी पर्यटनमा नमुना वडा बनाउन शिक्षा स्वास्थ खानेपानी खेलकुदको समग्र बिकासलाई प्राथमिकतामा राख्दै अव्यवस्थित बसोबास लाई व्यवस्थित बनाई सुकुम्बासीलाई उचित बासको व्यवस्था गरि लालपुर्जा दिलाउन दिनरात खटिने र आफूले यस वडाको लागि गर्नु पर्ने सम्पुर्ण कामहरु योजनावद्द तरिकाले पूरा गर्ने बताए।               

  • २६ बैशाख २०७९, सोमबार प्रकाशित
  • Nabintech