११ बैशाख २०८१, मंगलवार
११ बैशाख २०८१, मंगलवार
वडा नम्बर १२ प्रचारप्रसार तीब्र
  • न्युज डेस्क

    २५ बैशाख २०७९, आईतवार

नेपालगन्ज – नेपालगञ्ज उपमहानगरपालिका वडा  नम्बर १२ मा नेपाली कांग्रेसले प्रचारप्रसार तीब्र बनाएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा कांग्रेस उम्मेदवारहरुले प्रचारप्रसारलाई तीब्र बनाएका हुन् ।                                         

यसअघि कांग्रेसले नै जितेको वडा नम्बर १२ मा आफ्नो विरासत जोगाउन कांग्रेस जोडतोडले लागेको छ । दिनहुँ घरदैलो गरिरहेका कांग्रेस उम्मेदवारहरुले कोणसभा, ¥याली लगायतका गतिविधिहरु पनि गरिरहेका छन् ।

यसैक्रममा वडा नम्बर १२ मा आज ¥याली निकालिएको छ । अध्यक्षका उम्मेदवार तरुण कुमार बज्राचार्यसहित अन्य उम्मेदवारहरुसंगै नेता, कार्यकर्ता, शुभेच्छुकहरु सम्मिलित ¥याली कोरियनपुर क्षेत्रका विभिन्न टोलमा पुगेको थियो ।                       

वडा नम्बर १२ मा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा बज्राचार्य, महिला सदस्यमा सुशिला पन्त, दलित महिला सदस्यमा चन्दा चिडिमार तथा सदस्यहरुमा राजकुमार बाल्मिकी र सुकराम चिडिमार उम्मेदवार छन् ।

  • २५ बैशाख २०७९, आईतवार प्रकाशित
  • Nabintech