१ श्रावण २०८३, शुक्रबार
१ श्रावण २०८३, शुक्रबार
बर्दियाको दररेट स्वीकृत
  • कुस्मा थारु

    ३० असार २०८३, मंगलवार

बर्दिया असार ३० बर्दियामा आर्थिक वर्ष २०८३/८४ का लागि जिल्ला दररेट स्वीकृत गरिएको छ। प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला दररेट निर्धारण समितिको बैठकले सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम दररेट स्वीकृत गर्ने निर्णय गरेको हो।
बैठकमा सडक पूर्वाधार विकास कार्यालयको संयोजकत्वमा गठित उपसमितिले सरकारी निकाय, सरोकारवाला संस्था तथा बजारबाट संकलन गरेको तथ्याङ्कका आधारमा तयार पारेको मस्यौदामाथि छलफल गरिएको थियो। सदस्यहरूबाट प्राप्त सुझाव र आवश्यक संशोधन समावेश गर्दै आर्थिक वर्ष २०८३/८४ को जिल्ला दररेट स्वीकृत गरिएको जनाइएको छ।
स्वीकृत दररेट बर्दिया जिल्लाका सबै सरकारी कार्यालय, आयोजना, सार्वजनिक निकाय तथा स्थानीय तहमा मार्गदर्शनका रूपमा प्रयोग गरिनेछ। साथै, जिल्ला प्रशासन कार्यालय र सम्बन्धित कार्यालयमार्फत दररेट सार्वजनिक गरिने तथा कार्यान्वयनका क्रममा आवश्यक परे कानुनबमोजिम संशोधन गर्न सकिने निर्णय पनि बैठकले गरेको छ।

  • ३० असार २०८३, मंगलवार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२