४ श्रावण २०८३, सोमबार
४ श्रावण २०८३, सोमबार
लट्ठहवा सामुदायिक वनले मुहार फेरीयाे

तारजाली निर्माण तथा वृक्षारोपण राेपन, निरन्तर समुहद्गवारा गस्ती

  • मेनका चौधरी

    ३ श्रावण २०८३, आईतवार

गुलरीया बर्दिया,३साउन:बर्दियाको राजापुर नगरपालीका वडा नम्वर ४ स्थीत लठ्ठहवा सामुदायीक वनले मुहार फेरर्दै गएको छ ।
अवस्थीति रुपमा रहेको सामुदायीक वनमा नेतृत्व टिम नयाँ आएपछि अहिले वनमा तवन्वध गर्दै १३.७३ हेक्टरमा वृक्षारोपन गर्दै तारजाली निमार्ण गरेको सामुदायीक वनको अध्यक्ष पुनाराम थारुले बताउनु भयो ।
उक्त सामुदायीक वनमा फत्तेपुर सामुदायीक वन, भेरी कर्णाली सामुदायीक वन , नव दुर्गा सामुदायीक लगायतको सामुदायीक वन एकता भई समुहहरुको सानो सानो क्षेत्रमा रहेको वनको क्षेत्रफललाई ठुलो आकारको वनाएर अहिले लठ्ठहवा सामुदायीक वनमा मर्ज गरेको हो ।
सो सामुदायीक वनमा खुला र चरीचरण रहेको क्षेत्रमा गोल्डमोहर, खयर, भिलोर ,सिसम, अर्जुन, जामुन,र्सरगोन, ह्ररो, वेट लगाएतको काठहरुको सरर्पत कटान गरी कटान भएको उक्त क्षेत्रमा वृक्षारोपन छ ।
सामुदायीक वनले गोल्डमोहर खयर, भिलोर सिमम, अर्जुन,जामुन, र्हरो जातहरुको रुखहरुको वृक्षारोपन समेत गरेको सचिव कल्पना कुमारी चौधरीले बताउनुभयो ।
सो समुहरुले नियत रुपमा चोरी सिकारी नियन्त्रण तथा वन वन्तुको संरक्षणको लागी निरन्तरण समीतिका सदस्यहरुले गस्तीहरु समेत गरेको सामुदायीक वनको कोषअध्यक्ष लौटन थारुले जानकारी दिनु भयो । उहाँले थप भन्नु भयो १४ लाख रकम वरावरको डिभिजन वन कार्यालय बर्दियाको अनुदानले सामुदायीक वनमा तारताली निमार्ण गरी सामुदायीक वनको संरक्षण गरी नयाँ उद्धाहरणी काम गरेको बताउनुभयो । साथै झाडी सफाई समेत गरेकाे बताउनुभयो।

  • ३ श्रावण २०८३, आईतवार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२