४ श्रावण २०८३, सोमबार
४ श्रावण २०८३, सोमबार
गुलरिया नगरपालिका वडा नम्बर १मा रहेको गौतम बुद्ध सामुदायिक वन वृक्षारोपण गर्दै अध्यक्ष गुजर
  • मेनका चौधरी

    ३ श्रावण २०८३, आईतवार

गुलरिया नगरपालिका वडा नम्बर १मा रहेको गौतम बुद्ध सामुदायिक वन उपभोक्ता समितीकाे अध्यक्ष रजव अलि गुजर लगायतकाे टाेलीले करिव पाँच हेक्टर जमिनमा वृक्षारोपण गरेको छन्। आर्थिक वर्ष २०८२/२०८३ मा डिभिजन वन कार्यालय बर्दियाकाे करिव २लाख २२ हजार आर्थिक सहयोग करिव पाँच हेक्टर क्षेत्रफलमा वृक्षारोपण समुहले गरेको छ । उक्त समुह सर्पत कटान भएको ठाउँमा समुहले झाडी सरसफाई गरी नियमित गस्ती गरीरहेको छ । साथै ६३.१७हेक्टर जमिनमा रहेको वनकाे दिगाे वन व्यवस्थापन वन सम्वर्वद्धन गर्दै वन्यजन्तु संरक्षणमा तिव्रता दिएको समुहकाे सचिव चन्द्र चौधरीले जानकारी दिनुभयो। साे समुहमा ५सय ६७जना उपभोक्ता रहेका छन् । उक्त समुहले ९एाखकाे भवन निर्माण गरेको छ भने समुह काे तर्फबाट करिव दुई लाख २२हजार बजेटबाट र साेही रकम बराबरको २लाख २२हजार अनुदान रकमबाट डिभिजन वन कार्यालय बर्दियाकाे पाँच प्रतिशत अनुदानमा ४.१८हेक्टरमामा तारजाली निर्माण गरेको सचिव चौधरीले बताउनुभयो। आफुहरु समुह आएपछि वन संरक्षण वन्यजन्तु संरक्षण काे लागि निरन्तर सक्रियताको साथ लागि रहेको बताउनुभयो।

  • ३ श्रावण २०८३, आईतवार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२