गुलरिया,बर्दिया असार २८
बर्दियामा राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रमबाट प्रविधिमा ५० प्रतिशत अनुदान पाएपछि कृषकहरु खुसी हुदै खेती तर्फ आर्कषीत भएका छन् ।
बर्दियाको गेरुवा गाउँपालिकामा शिशिर महिला सहकारी सस्थाँ लिमिटेडका महिलाहरुले भवन निमार्णमा पचाँस प्रतिशत अनुदान पाएपछि उनीहरु खुसी भएका छन् । अनुदान पाए नपाएको बारेमा अवलोकन गर्न गएको बेलामा जिल्ला समन्वय समीतिको बर्दियाको सभापती सुर्य बहादुर विष्टले भन्नुभयो चैत्रे धान, धानको विउँ, मकै,केरा,माछाहरुमा अनुदान प्रविधिहरुमा दिएर दुरदराजका स्थानीय कृषकहरुलाई सरकारले उदाहरणीय काम गरेको बताउनुभयो । धान र विउँहरुमा अनुदान भएपछि कृषकहरु आत्म निर्भर हुदैँ छन् ।
राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रमको प्रमुख विरेन्द्र पराजुलीले मल र धानको लागी किसानहरुलाई अनुदानमा सहयोग गरी खेतीपाती गर्न थप सहयोग पुर्याएको बताउनुभयो ।
भारतीय मल आयतमा रोकथाम गरी मलहरुमा अनुदान १सय हेक्टरको लागी गणेशबाबा एग्रोभेट सिड कम्पनी लिमिटेडलाई चैत्रे धानको विउँमा अनुदान दिएको बताउनुभयो ।
त्यसैगरी शिशिर महिला सहकारीमा भवन निमार्णमा अनुदान ,सयपत्री सहकारी संस्थामा आधुनिक प्रविधि कम्पाइल मेसीन, ट्रयाक्टरहरुमा अनुदान, माछाजोनमा, केरा जोन, दुघ देरीहरुमा अनुदान दिएको कार्यक्रमका प्रमुख पराजुलीले बताउनुभयो ।
बर्दियाको राजापुर नगरपालीका , गेरुवागाँउपालीका , ठाकुरबाबा नगरपालीका , बारबर्दिया नगरपालीका, गुलरीया नगरपालीका, वढैयाताल गाँउपालीकाको किसानहरुलाई अनुदानहरु दिएर कृषकहरुलाई प्रोटसाहन गरेको पराजुलीले जानकारी दिनुभयो ।
त्यसगैरी गेरुवा गाँउपालिका वडा नम्वर १का शिशिर सहकारी सँस्था लिमिटेडका सदस्य दयाराम वैद्यले भन्नुभयो आधुनीक प्रविधिको मेसीनरी औजारहरुमा धान काट्ने कम्पाईड मेसीन, ट्रयाक्टर जस्ता प्रविधिमा हामी किसानहरु अनुदान पाएपछि खेती गर्न निकै सहज भएको बताउदै यो क्षेत्र अन्नको उत्पादनले स्वर्ग हो यहाँ देशै भरीमा भन्दा धेरै उत्पादन हुन्छ अनुदानहरुले किसानहरुलाई अझै खेती पातीमा आर्कषित गरीरहेको धेरै राहत मिलेको वैद्यले बताउनुभयो ।
त्यसैगरी राजापुर नगरपालीका वडा नम्वर ८का गणेशबाबा एग्रोभेट लिमिटेडको प्रवन्ध निर्देशक पहारी चौधरीको अनुसार मल र धानको लागी किसानलाई सहयोग हुदाँ वजारीकरण व्यवस्थापन भएपछि धानमा कृषकहरुलाई आत्म निर्भर बनाएको वताउनुभयो । बर्दियाको गेरुवा गाउँपालिकामा शिशिर महिला सहकारी सस्थाँ लिमिटेडका महिलाहरुले भवन निमार्णमा पचाँस प्रतिशत अनुदान पाएपछि आफुहरुले धेरै राहात मिलिको सँस्थाको अध्यक्ष राजु वदुवाले बताउनु भयो ।





















