१ श्रावण २०८३, शुक्रबार
१ श्रावण २०८३, शुक्रबार
मधेशी मुस्लीम महिला लाइ फ्रिडम किट व्याग प्रदान
  • न्युज डेस्क

    २६ असार २०८३, शुक्रबार

(नेपालगंन्ज )

महिलाहरुलाई स्वतन्त्र पूर्बक हिंडडुल गर्न सहयोग होस् भन्ने हेतुले महिनावारी हुदा पुनः प्रयोग गर्न मिल्ने फ्रिडम किट व्याग बितरण गरीएको छ ।
बँकेको जानकी गाउपालिका वडा नम्वर ३ का एक सय जना महिलाहरुलाई एफकेबि युकेको सहयोगमा बास नेपालले उक्त व्याग बितरण गरेको हो ।
महिनावारी हुदा प्रयोग गर्ने कपडाको प्याड सहित सामाग्री भएको किट व्याग प्रदान गरिएको हो ।

सामुदायिक शिक्षा किट व्याग प्रदान गरिएको कार्यक्रममा बोल्दै जानकी गाउपालिका महिला तथा बालबालिका शाखा प्रमुख कल्पना गाहा मगरले महिलाहरुलाई महिनावारी स्वच्छदाका लागि पुनः प्रयोग गर्ने किट व्यागले शारीरिक तथा आर्थीक रुपमा महिला लाइ सहयोग पुरयाउने बताइन् ।
बजारमा पाईने बिभिन्न प्रकारका प्याडहरुले महिलाहरुलाई बिभिन्न रोगबाट पीडित बनाएको उल्लेख गर्दै उनले पुनः प्रयोग गर्न मिल्ने कपडाको प्याड प्रयोग गर्न सबै महिलाहरुलाई आग्रह गरिन् ।

बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्धेश्य माथि प्रकाश बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले पारेका थिए भने कार्यक्रम सञ्चालन कार्यक्रम व्यवस्थापक रमिता शाहले गरेकि थिईन् ।

कार्यक्रमका प्रमुख अतिथी, अतिथीहरुले बाकेको जानकी गाउँपालिका वडा नम्वर ३ का बिभिन्न टोल ईन्द्रपुर, कर्मौना, मोतिपुर, मानपुर, बन्जारे गाउ लगायतका महिलाहरुलाई फ्रिडम किट व्याग प्रदान गरेका थिए ।

कार्यक्रममा कार्यक्रमकी प्रबन्धक रमिता शाह र शिक्षा अधिकृत मिना घर्ति मगरले महिनावारी शिक्षा बारे प्रशिक्षण दिएका थिए ।

  • २६ असार २०८३, शुक्रबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२