२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार
डुडुवा गाउपालिका स्वास्थ्य सेवा कार्य सम्पादनमा लगातार तीन वर्षदेखि जिल्ला कै उत्कृष्ट
  • न्युज डेस्क

    २८ भाद्र २०८३, आईतवार

नेपालगंन्ज ।

बाकेको डुडुवा गाउपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्पादनमा लगातार तीन वर्षदेखि जिल्ला कै उत्कृष्ट हुदै आएको छ । आर्थिक वर्ष २०८२÷०८३ मा स्वास्थ्य सूचकहरुको आधारमा प्राप्त कुल ७३.७ अंकका साथ डुडुवा सर्वोत्कृष्ट भएको हो ।

स्वास्थ्य सेवामा प्रभावकारी कार्य सम्पादन गर्दै आएको डुडुवा लगातार उत्कृष्ट छानिदै गएको डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार डुडुवाले शुरुकै वर्षदेखि स्वास्थ्य सेवालाई पहिलो प्राथमिकताका साथ सेवा प्रदान गर्दै आएपछि ९ वर्षमा दुई पटक दोस्रो र तेस्रो स्थानमा आएर पछि फेरी नियमित रुपमा पहिलो हुदै आएको छ ।
प्रथम भएको डुडुवा गाउँपालिकालाई स्वास्थ्य कार्यालय बँकेका प्रमुख सुनिता पौडेलले उत्कृष्ट प्रमाणपत्रसंगै सम्मान गर्नुभयो । डुडुवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सिताराम चौधरीलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

स्वास्थ्य कार्यालय बाँकेले नेपालगन्जमा आयोजना गरेको ‘जिल्लस्तरिय बार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रम’ मा उत्कृष्ट पालिकाहरुलाई सम्मान गरिएको हो ।

स्वास्थ्य सेवा तथा कार्यक्रमहरुको आधारमा डुडुवाले सबै भन्दा बढी अंक ल्याएर सर्बोत्कृष्ट भएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख पौडेल जानकारी दिनुभयो । उहाँका अनुसार मूल्यांङ्कनका क्रममा पालिकाले स्वास्थ्य सेवा अन्र्तगत विभिन्न २८ वटा सूचक र स्वास्थ्य कार्यालयले गरेको मूल्याङ्कनको आधारमा उत्कृष्ट भएको हो ।

जिल्लामा डुडुवाले विगतका वर्षदेखि नै स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखी घर घरमा स्वास्थ्य सेवा अभियान संचालन गर्दै आएको छ ।

अहिले पालिकाका पाच वटा स्थानमा निशुल्क प्रयोगशाला, पाँच शैय्या अधारभुत अस्पताल, ज्येष्ठ नागरिकलाई निशुल्क उपचार सेवा, दुई वटा एम्बुलेन्सको व्यवस्था, सबै स्थानमा सुविधा सम्पन्न आधारभुत सेवा, टाढा तथा सेवाबाट बञ्चितीकरणमा परेको गाउँमा थप स्वास्थ्य एकाइको स्थापना, सामुदायिक आँखा उपचार केन्द्र, नेपाल सरकारले उपलब्ध गराउने औषधी बाहेक थप मधुमेह, प्रेसर, तथा जटिल रोगको उपचारका लागि निशुल्क औषधीको व्यवस्था, गाउँघर क्लिनिक, खोप, प्रसुती सेवा र स्वास्थ्य समस्या आउने वित्तिकै घरमै स्वास्थ्यकर्मीद्धारा सेवा प्रदान जस्ता कार्यक्रम गर्दै आएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत विक्रम गिरीले बताउनुभयो ।

यसैगरि ७० प्रतिशत अंकका साथ जानकी गाउँपालिका दोस्रो र ६९.८९ अंक ल्याएर नरैनापुर गाउँपालिका तेस्रो भएको छ । यसैगरि राप्तीसोनारी गाउपालिका चौथो, खजुरा गाउँपलिका पाँचौ, कोहलपुर नगरपालिका छैठौ, बैजनाथ गाउपालिका सातौ र नेपालगन्ज उपमहानगरपालिका आठौ स्थानमा आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

  • २८ भाद्र २०८३, आईतवार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२