आज गुलरिया नगरपालिकाका वडा नं ८काे महाकवि देवकोटा मावीमा विकासको लागि हाम्रो प्रयास नेपाल बर्दियाकाे आयोजना लागुऔषध दुर्व्यसनी तथा बालविवाह न्यूनिकरणका लागि जनचेतनामुलक सडक नाटक प्रदर्शन कार्यक्रम मंगलबार भएको छ। उक्त कार्यक्रममा गुलरिया नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसीले लागुऔषध दुर्व्यसनी नियन्त्रण गर्न बाल विवाह न्युनिकरण गर्न सबै अभिभावक शिक्षकहरुलाई विद्यालयहरु अनुराेध गर्नुभएको छ । आजको सानो नानीहरु भाेलिका कर्णधार भएकोले सडक नाटकबाट सिकेको कुरा व्यवहारमा लागू गर्न अपिल गर्नुभयो।
समाजमा प्रचलित विकृति विसङ्गति राेक्ने अभियानमा नगरपालिका लागेको बताउनु भयो। साे कार्यक्रममा वडा नम्बर ८का वडा अध्यक्ष धर्मेन्द्र बानियले मुस्लिम मधेसी समुदायका अभिभावकहरु यस्ता विकृति विसङ्गति हताउन सहयोग गर्न आग्रह गर्नुभयो।साे कार्यक्रममा महाकवि देवकोटा मावीमा गुलरियाका प्रधान अध्यापक च्यामु लाल चौधरीले विद्यालयहरुले सानो उमेरमा उमेर नपुग्दै विवाह गर्दा बाल मृत्यु दर बढेको र मातृ मृत्यु बढेको छ। साथै आत्महत्या घरेलु हिँसा समाजमा बढी रहेकोले यस्तो सडक नाटकले विद्यालयमा एउटा राम्रो शिक्षा दिएको बताउनुभयो। अझै यस्तो सडक नाटक कार्यक्रम प्रत्येक स्कुलमा दिनु पर्ने आवश्यकता रहेको बताउनुभयो। साे सडक कार्यक्रममा सुर्योदय साँस्कृतिक परिवारले रचनाद्वारा रचित उक्त नाटक कार्यक्रम विकासकाे लागि हाम्रो प्रयास नेपाल बर्दियाकाे आयोजना भएको कार्यक्रमकाे अध्यक्ष मेनका चौधरीको अध्यक्षतामा भएको थियो।






















