सुमित्रा थारु: मेरो उडान,९असार:बर्दियाकाे गुलरिया नगरपालिकामा कारितास नेपालको आयोजनामा विपद् जाेखिम मुल्यांकनकाे विषय अभिमुखीकरणनएक दिने कार्यक्रम सम्पन्न भएको छ । साे क्रममा रेडक्रस सोसाइटी बर्दिया जिल्लाको पूर्वी अध्यक्ष महेश गौतमले संकतासंनाता विषयमा समुदायको बाढी प्रभावित भएको व्यक्ति हरुलाई जानकारी दिनु भयो । बाढी प्रभावित घर परिवारकाे लागि आपतकालीन जीविकाे पार्जन तथा सुरक्षीत आवास निर्माण परियाेजना अन्तर्गत विपद् जाेखिम न्यूनीकरणका लागी सामुदायीमा तालिम कार्यक्रम बर्दियाकाे गुलरिया नगरपालिकामा संकता कसरी मुल्याङ्कन गर्ने भन्ने विषयमा गौतमले जानकारी दिनुभयो । कारीतास नेपालको संयाेजक नरेन्द्र केसी ले बाढीबाट प्रभावित बस्तीमा बाढीको कृत्रिम घटना अभ्यास तथा आगलागी सम्वन्धी घटनाको कृत्रिम अभ्यासकाे सिमुलेसन गराएको बताउनुभयो । विपद् व्यवस्थापन गर्दै कारीतास नेपाल वाढी पिडित परिवारलाई गुलरिया नगरपालिका वडा नं ८मा बाढी प्रभावित हरुलाई आवासीय २७घर निर्माण सहयोग गरेको छ । साथै कारीतास नेपालले बर्दिया काे गुलरिया नगरपालिका वडा नं८काे सुरजपुरमा बाख्रा पालन ,कुखुरा पालन, तरकारी खेती गर्नेलाई समेत सहयोग गरेको बताउनुभयो। वाढी पिडित परिवार काे लागि आपतकालीन जीविकाे पार्जन तथा सुरक्षीत आवास निर्माण परियाेजना विपद् जाेखिम न्यूनीकरणका लागी सामुदायीक तयारी विकास अनुसरण तालिम कार्यक्रम बर्दियाकाे गुलरिया नगरपालिकामा भुकम्प, डढेलो, चट्टान, आँधी हुरी बतास, पहिराे असिना अबिरल वर्षा महामारी आगलागी बाढी बाट बाच्न समुदायको मुल्याङ्कन विषयमा जानकारी दिनु भयो थियो । साे कार्यक्रममा विपद् जाेखिम न्यूनीकरण गर्न विपद् व्यवस्थापन गर्न सामुदायिक तयारी सम्बन्धी सूचना प्रणाली बलियो बनाउन अनुरोध गर्नु भएको थियो । विपद् आएमा समुदायका पुर्व तयारी कसरी गर्ने मुल्याङ्कन कसरी गर्ने भन्ने विषयको बारेमा कार्यक्रम कारीतासकाे सहयोगमा कारीतास नेपालको फिल्ड कार्यालय बर्दियाकाे आयोजना गुलरिया नगरपालिकाकाे समन्वयमा सम्पन्न भएको हाे।






















