५ चैत्र २०८१, बुधबार
५ चैत्र २०८१, बुधबार
सामूहिक राजीनामा दिएका १० रेफ्री मैदान फर्कन तयार
  • न्युज डेस्क

    १७ मंसिर २०७८, शुक्रबार

अखिल नेपाल फुटबल सङ्घ एन्फा र लिग फुटबलमा आबद्ध रेफ्रीबीच सहमति भएको छ ।

फिटनेस जाँचको विषयलाई लिएर लिग खेलाइरहेका १० जना रेफ्रीले हिजो सामूहिक राजीनामा दिएका थिए ।

लिग चलिरहेको बेलामा रेफ्रीको फिटनेस जाँच गर्ने एन्फाको निर्णय व्यावहारिक नभएको भन्दै उनीहरुले राजीनामा दिएका थिए । तर रेफ्रीका प्रतिनिधि र एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाबीच गएराति भएको छलफलमा रेफ्रीको फिटनेस जाँच लिगको विश्राम समयमा गर्ने सहमति भएसँगै रेफ्रीहरु मैदान फर्कन तयार भएका हुन् ।

अन्तर्राष्ट्रिय नियम अनुसार रेफ्रीले तीन/तीन महिनामा आफ्नो फिटनेस जाँच गर्नुपर्ने व्यवस्था छ ।

  • १७ मंसिर २०७८, शुक्रबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    सूचना विभाग दर्ता नं. :