१६ चैत्र २०८०, शुक्रबार
१६ चैत्र २०८०, शुक्रबार
सातदाेबाटाेले एपीएफलाई ४–१ ले हरायाे
  • न्युज डेस्क

    १७ मंसिर २०७८, शुक्रबार

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नवप्रवेशी सातदाेबाटाे युथ क्लबले विभागीय टाेली एपीएफलाई हराएकाे छ । आज शुक्रवार भएकाे दाेस्राे खेलमा सातदाेबाटाेले एपीएफलाई चार–एक गाेल अन्तरले हराएकाे हाे ।

सातदाेबाटाेकाे जितमा मार्टीन्स कायाेदी अजयी​ले ह्याट्रिक गरे । मार्टिन्सले खेलकाे ४२ औँ, पहिलाे हाफकाे इन्ज्युरी समयकाे अन्तिम मिनेटमा र ५८ औँ मिनेटमा गाेल गर्दै ह्याट्रिक पूरा गरे । त्यस्तै सुशील राईले खेलकाे ५० औँ मिनेटमा गाेल गरे । यसैबीच मार्टिन्स याे संस्करणकाे लिगमा ह्याट्रिक गर्ने पहिलाे खेलाडी बनेका छन् ।

एपीएफका लागि खेलकाे ४८ औँ मिनेटमा विकी तामाङले सान्त्वना गाेल गरे ।

याे जितसँगै सातदाेबाटाे तीन खेलमा सात अङ्कसहित अङ्क तालिकाकाे शीर्षस्थानमा उक्लिँदा एपीएफ भने अङ्कविहीन हुँदै पुछारमा छ ।

  • १७ मंसिर २०७८, शुक्रबार प्रकाशित
  • Nabintech