८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार
कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का कारण अहिलेसम्म कसैको ज्यान गएको छैन : डब्ल्यूएचओ
  • न्युज डेस्क

    १८ मंसिर २०७८, शनिबार

कोरोनाकाे नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का कारण अहिलेसम्म कसैको पनि ज्यान नगएको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ ।

विश्वभरिबाट सङ्कलन गरिएको ‘ओमिक्रोन’ सङ्क्रमितको विवरणमा अहिलेसम्म कसैको पनि ज्यान गएको पुष्टि नभएको डब्ल्यूएचओले जनाएको हो । तर सङ्क्रमण फैलिरहेको भन्दै डब्ल्यूएचओले सचेत रहन आग्रह गरेको छ ।

सङ्क्रमणबाट जोगिनका लागि स्वास्थ्यका मापदण्ड पालना गर्न विश्व स्वास्थ्य सङ्गठन दक्षिणपूर्वी एसियाका क्षेत्रीय निर्देशक डा. पूनम खेत्रपाल सिंहले आग्रह गर्नुभएको छ ।

उहाँले नाक मुख राम्ररी छोप्नुपर्ने, सही तरिकाले मास्क लगाउनुपर्ने, भौतिक दूरी कायम गर्नुपर्ने, कम हावा चल्ने वा भीडभाड भएका ठाउँमा सकभर नजान र बेलाबेलामा हात सफा राख्नुपर्नेमा जोड दिनुभएको छ ।

साथै कोरोना भाइरसविरुद्धको खोप अनिवार्य लगाउन पनि डा.खेत्रपालको आग्रह छ ।

  • १८ मंसिर २०७८, शनिबार प्रकाशित
  • Nabintech