१६ चैत्र २०८०, शुक्रबार
१६ चैत्र २०८०, शुक्रबार
वेस्ट इन्डिजलाई १ सय ६४ रनले हराउँदै श्रीलङ्काले जित्याे टेस्ट शृङ्खला
  • न्युज डेस्क

    १७ मंसिर २०७८, शुक्रबार

श्रीलङ्काले वेस्ट इन्डिजसँगको दुई खेलको टेस्ट शृङ्खला दुई–शून्यले जितेको छ । दोस्रो तथा अन्तिम टेस्टमा वेस्ट इन्डिजलाई एक सय ६४ रन हराएसँगै श्रीलङ्काले शृङ्खला आफ्नो पक्षमा पारेको हो ।

जितका लागि दुई सय ९७ रनको लक्ष्य पाएको पाहुना टोली एक सय ३२ रनमै अलआउट भयो । वेस्ट इन्डिजका लागि नक्रुमाह बोनरले ४४ र जेरमेन ब्ल्याकवुडले ३६ रन बनाए । बलिङतर्फ श्रीलङ्काका लसिथ इमबुलदेनिया र रमेश मेन्डिजले पाँच–पाँच विकेट लिए ।

यसअघि श्रीलङ्काले पथुम निसान्काको ७३ र दिमुथ करुनारत्नेको ४२ रनको मदतमा पहिलो पारीमा दुई सय चार रन बनाएको थियो । बलिङतर्फ वेस्ट इन्डिजका भीरासामी पेरमाउलले पाँच र जोमिल वीराकनले चार विकेट लिएका थिए । वेस्ट इन्डिजले भने क्रिग ब्राथवेटको ७२ र जेरमेन ब्ल्याकवुडको ४४ रनको मदतमा पहिलो पारीमा दुई सय ५३ रन बनाएको थियो । बलिङतर्फ श्रीलङ्काका रमेश मेन्डिजले ६ विकेट लिएका थिए ।

श्रीलङ्काले दोस्रो पारीमा तीन सय ४५ रनमा नौ विकेट गुमाउँदै पारी सकिएको घोषणा गरेको थियो । उसका धनन्जय डी सिल्भाले नटआउट एक सय ५५ रन बनाएका थिए । बलिङतर्फ वेस्ट इन्डिजका भीरासामी परमाउलले तीन विकेट लिएका थिए ।

  • १७ मंसिर २०७८, शुक्रबार प्रकाशित
  • Nabintech