(नेपालगंन्ज )
फातिमा फाउण्डेसन नेपालको २२ औ साधारण सभा र ८औ अधिबेशनले मैमुना सिद्धिकिलाइ अध्यक्षमा चयन गरेको छ ।
यसैगरी उपाध्यक्षमा गगा वली,महसचिव हुमा अख्तर, सहसचिव कैकसा अन्सारी,कोषाध्यक्ष सुवेदा फरहिन,सह कोषाध्यक्ष राधा केवट रहेका छन भने सदस्यहरुमा साकरा खातुन,सफीया खातुन,हसिना मुकेरी,रुकैया हलवाइ,रिहाग शेष लगायत ११जनाको कार्यसमिति चयन भएकोे छ ।
कार्यक्रममा प्रमुख अथिति नेपालगन्ज उपमहानगरपालिका का मेयर प्रसान्त विष्टले फातिमा फाउण्डेसन नेपाले मुस्लिम महिलाहरुलाइ संगठीत र अगुवाइ गर्दै आएकोमा अभार व्यक्त गदै फातिमा फाउण्डेसन नेपालका संस्थापक अध्यक्ष मोहम्मदी सिद्धिकी समाज सेवा पुरस्कारलाइ निरन्तरता गर्ने र त्यसको आर्थिक जिम्मा नगरपालिकाले लिन प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहँले नेपालगन्जमा फातिमा फाउण्डेसन नेपालले मुश्लिम महिलालाइ घरबाट बाहिर निस्कने वातावरण बनाएको प्रति प्रशंसा गर्दै नया बन्ने कमिटिले आगामि दिनमा अझ सक्रियताका साथ काम गर्न सुझाव दिनु भयो ।
मैमुना सिद्धिकीको अध्यक्षतामा सम्पन्न अधिबेशनमा नारी विकास केन्द्र कोषाध्यक्ष रचना श्रेष्ठ,एनजीयो फेडेरेसन नेपालका केन्द्रिय सचिव नमस्का र शाह,पुर्व सासद तथा फातिमाफाउण्डेसन नेपालका संस्थापक सदस्य लक्ष्मी तिवारी,राष्ट्रिय मानबअधिकारअ आयोगका अध्यक्ष द्धवारीका अधिकारी,सल्लाहकारहरु विश्वाजित तिवारी, सहिल अन्सारी,रविन्द्र कर्ण,इन्सेक प्रतिनिधि टेकनाथ आचार्य, नारी कल्याण केन्द्रका नारायणी रुपाखेति लगायतले फातिमा फाउण्डेसन नेपालले स्थापनका कालदेखि नै मुस्लिम महिलाहरुको हकअधिकारका सवालमा काम गर्दै आएका कारण आज मुस्लिम महिलाहरु संगठीत हुदै आत्मनिर्भर हुन र आफनो अधिकारका बारेमा सचेत हुन सफल भएको बताएका थिए ।
अधिबेशनमा आर्थिक प्रतिवेदन संस्थापक सदस्य इरफान सिद्धिकिले , लेखापरिक्षक प्रतिवेदन मन बहादुर भण्डारी, प्रगति प्रतिवेदन हुमा अक्तरले प्रस्तुत गरेका थिए भने कार्यक्रम संचालन संस्थाका सदस्य कैकसा अन्सारीले गरेकी थिइन ।





















