१३ मंसिर २०७९, मंगलवार
१३ मंसिर २०७९, मंगलवार
हिमाली जिल्लामा हिमपात, सेताम्यै बने गाउँ-बस्ती (फोटो फिचर)
  • न्युज डेस्क

    १८ मंसिर २०७८, शनिबार

हिमाली जिल्लामा बुधबारदेखि हिउँ पर्न थालेको छ। मनाङ मुस्ताङको माथिल्लो क्षेत्रमा केही दिनयता हिउँ परिरहेको छ।

मुस्ताङको लोमान्थाङ गाउँपालिका, लो–घेकर दामोदर कुण्ड गाउँपालिका र मुक्तिनाथ क्षेत्रमा हिमपात भएको हो भने म्याग्दीको गुर्जामा पनि हिमपात सुरु भएको स्थानीय मनबहादुर विकले जानकारी दिए।

त्यस्तै, मनाङको ङिस्याङ र नार्पाभूमि गाउँपालिकाका क्षेत्रमा हिउँ परेको छ। माथिल्लो क्षेत्रको थोराङलापास, बेसक्याम्प, याकखर्च, तिलिचो क्षेत्रमा हिमपात भइरहेको छ।

तस्वीर : गोरखापत्रबाट

  • १८ मंसिर २०७८, शनिबार प्रकाशित
  • Nabintech