११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार
घोडदौरिया सीमावर्ती क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा संयुक्त अनुगमन
  • न्युज डेस्क

    ११ कार्तिक २०८३, मंगलवार

बाँकेको नरैनापुर गाउँपालिका–४ स्थित घोडदौरिया सीमावर्ती क्षेत्रमा सीमा सुरक्षा र शान्ति सुव्यवस्था कायम राख्ने उद्देश्यले नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले रात्रिकालीन अनुगमन गरेको छ।

सोमबार इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरीक्षक सुरेश कोइरालाको टोली र सशस्त्र प्रहरी बल, गुल्म नरैनापुरका प्रहरीहरूको सहभागितामा सीमावर्ती क्षेत्रमा अनुगमन गरिएको हो।

सीमावर्ती क्षेत्रमा सुरक्षा अवस्था प्रभावकारी बनाउने, सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्ने तथा सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले संयुक्त रूपमा अनुगमन गरिएको जनाइएको छ।
सीमा क्षेत्रमा सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच समन्वय तथा सहकार्यलाई निरन्तरता दिइने अपेक्षा गरिएको छ।

  • ११ कार्तिक २०८३, मंगलवार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२