(नेपालगंन्ज )
बाकेको कोहलपुर नगरपालिका–११, डुडुवाखोला स्थित विद्युतीय शवदाह गृह परिसरमा स्नानधारा तथा पानी ट्यांकी निर्माण गरीएको छ ।
बाकेका निर्माण व्यवसायी प्रकाश शाहले अफनाा स्वर्गीय माता–पिताको स्मृतिमा स्नानधारा तथा पानी ट्यांकी निर्माण गरेका हन् ्।
पी.एस. निर्माण सेवा, कोहलपुर नगरपालिका–६ बाकेका सञ्चालक एवं लुम्बिनी निर्माण व्यवसायी संघका अध्यक्ष शाहले स्वर्गीय बुवा इन्द्रबहादुर शाह र आमा मेघकुमारी शाहको सम्झनामा उक्त संरचना निर्माण गरेको बताए ।
छोरा प्रकाश शाह र बुहारी महिमा शाहको पहलमा निर्माण गरिएको उक्त संरचनामा १२ हजार लिटर क्षमताको आरसीसी पानी ट्यांकीसमेत रहेको छ।
विद्युतीय शवदाह गृहमा आउने सेवाग्राही तथा स्थानीयलाई पानीको सुविधा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको यस संरचनाले सामाजिक तथा मानवीय सेवामा योगदान पु¥याउने अपेक्षा गरिएको छ।
पी.एस. निर्माण सेवाले विगतदेखि नै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ।
स्वर्गीय माता–पिताको सम्झनालाई सामाजिक सेवासंग जोड्दै निर्माण गरिएको यो संरचना परिवारको स्मृतिलाई समाजोपयोगी कार्यमार्फत जीवन्त राख्ने प्रयासका रूपमा समेत लिइएको छ।





















