(नेपालगंन्ज )
बँकेका विभिन्न स्थानीय तहका दलित महिला जनप्रतिनिधिहरूको साझा रुपमा बैठक सम्पन्न भएको छ। बैठकमा वडा सदस्यको हैसियतमा हालसम्म सम्पन्न भएका कामहरूको समीक्षा गर्दै आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि नीति तथा कार्यक्रम निर्माणबारे छलफल गरिएको थियो।
बैठकले जिल्लाका ८ वटै पालिकामा दलित तथा दलित महिलामुखी कार्यक्रम सञ्चालनका लागि ध्यानाकर्षण पत्र पेश गर्दै आवश्यक बजेट छुट्याउन सामूहिक रूपमा पहल गर्ने निर्णय गरेको छ।

यसैगरी, जिल्ला स्तरीय दलित महिला सञ्जालले पालिकाहरूमा भएका कामहरूको समीक्षा गर्दै आगामी कार्ययोजना तय गर्ने र आर्थिक वर्ष २०८३÷८४ का लागि बस्तीस्तरका योजना पेश गर्ने निर्णय समेत गरेको जनाइएको छ।
बैठकमा सहभागी जनप्रतिनिधिहरूले दलित महिलाको सशक्तिकरण र अधिकार सुनिश्चितताका लागि आगामी दिनमा अझ प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
दलित महिला संघ बाकेले आयोजना गरेको छलफल कार्यक्रममा महिला जनप्रतिनिधिहरुको भेलाले दलितका मद्धामा सामहिक एकता आवश्यक भएको बताए ।
दलित महिला संघ बाकेकी अध्यक्ष निर्मला सुनारले स्थानीय सरकार संग जवाफदेहीता खोज्न दलित महिला जनप्रतिनिधिले सामुहिक प्रयास गर्नुपर्ने बताइन् ।















