मेनका चौधरी: (गुलरिया): —दुई साता अघि बर्दिया राष्ट्रिय निकुञ्जमा फागुन २३ गते सिकार खेल्न पसेर सम्पर्कविहीन भएका मध्ये एक जना युवकको शव फेला परेको छ ।
निकुञ्जको बबई उपत्यका रातामाटे क्षेत्रमा सुर्खेत बराहताल गाउँपालिका–वडा नम्बर २का रानीपुर गाउँ का ३३ वर्षीय टोपबहादुर खत्रीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रहरी प्रमुख सुधीर राज शाहीले बताउनुभयो छ।
सिकार खेल्न गएका सिकारी सँग गएका ५ जना भने बर्दियाको बाटो हुँदै भारततर्फ फरार भएको शाहीले बताउनुभयो छ । पाँच जना फरार मध्ये रेशम सम्सेली, रवि लाल दमाई,राम बहादुर घर्ती,सुनील सम्सेली, दुर्गा बहादुर सिंजाली बहराताल गाउँपालिका वडा नम्बर १का ज्रयामीरेका गाउँका हुन भनी साहीले बताउनुभयो। उहाँको भनाई अनुसार घटना भएको बर्दिया राष्ट्रिय निकुञ्ज मा परेकोले मृत्यु भएको व्यक्तिकाे बर्दिया जिल्ला काे ईलाका प्रहरी कार्यालय बगनाहाले अनुसन्धान गर्न सहयोग गरीरहेको छ । घटना किन भएको होला भन्ने बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले बर्दिया ले समेत अनुसन्धान मा सहयाेग गरेकाे शाही लेबताउनुभयो हाे ।
निकुञ्ज सुरक्षार्थ रहेका नेपाली सेना, नेपाल प्रहरी र निकुञ्जका कर्मचारीसहितको टोलीले दुई सातादेखि खोजतलास गरेका थिए । निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेलले खत्रीको शव नजिकै एक थान बन्दुक फेला परेको जानकारी आएको बताउनुभयो। ‘दुर्गम र फोन नलाग्ने ठाउँ भएकाले थप विवरण आउन बाँकी छ,’ रहेको उहाँले बताउनुभयो।
















