४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार
बाँके-२ मा एमालेको चुनावी अभियानमा तीव्रता
  • न्युज डेस्क

    २२ माघ २०८२, बिहीबार

Oplus_16908288

नेपालगन्ज ।

नेकपा एमाले क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इस्तियाक राईले प्रचारप्रसार सम्पर्क कार्यालय उद्घाटन गरेका छन् ।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर–२२ मा एमालेको प्रचारप्रसार सम्पर्क कार्यालय सञ्चालनमा ल्याएका हुन् ।

नेकपा एमाले बाँके २ बाट उम्मेदवारी दिएका राईले आफ्नो चुनावी अभियानलाई थप तीव्रता दिएका छन ।

उद्घाटन कार्यक्रममा बोल्दै राईले जनताको समस्या समाधान र विकासलाई प्राथमिकतामा राखेर चुनावी अभियानलाई अघि बढाइने बताए । उनले पार्टीको नीति, सिद्धान्त र योजनालाई जनता माझ लैजाने उद्देश्यले सम्पर्क कार्यालय स्थापना गरिएको उल्लेख गरे ।

कार्यक्रममा स्थानीय मतदाता, नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । उनीहरुले आगामी निर्वाचनमा एमालेको विजय सुनिश्चित गर्न एकजुट भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेकपा एमालेले बाँके–२ का विभिन्न वडाहरूमा घरदैलो, कोणसभा तथा संगठन विस्तारका कार्यक्रमलाई निरन्तरता दिएको सचिवालयले जनाएको छ ।

  • २२ माघ २०८२, बिहीबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२