३ चैत्र २०८२, मंगलवार
३ चैत्र २०८२, मंगलवार
मानव वन्यजन्तु द्वन्द्व न्युनिकरण सम्बन्धी सर्वपक्षीय चिन्ता व्यक्त
  • न्युज डेस्क

    २० माघ २०८२, मंगलवार

 

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, वन्यजन्तुको उद्धार तथा व्यवस्थापन र वन सम्बर्द्धन प्रणालीसम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम बर्दियाकाे बारबर्दियामा सम्पन्न भएको छ ।

डिभिजन वन कार्यालय बर्दियाको आर्थिक सहयोगमा विकासको लागि हाम्रो प्रयास नेपाल, बर्दिया को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको अध्यक्षता पशुपति सामुदायिक वनका उपाध्यक्ष जितराम थारु ले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा बारबर्दिया नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष लालबहादुर चौधरी रहनुभएको थियो ।

कार्यक्रममा बबई सबडिभिजन वन कार्यालयका प्रमुख तथा वरिष्ठ वन अधिकृत परशुराम चौधरी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रमको प्रमुख प्रशिक्षक प्रशिक्षण प्रशुराम थारु र विकास काे लागि हाम्रो प्रयास नेपाल, बर्दिया  काे अध्यक्ष मेनका चौधरी ले सहजीकरण गर्नु भएको थियो कार्यक्रममा अर्का प्रशिक्षक राम गाेपाल चौधरी ले वन संरक्षण सम्वर्द्धन प्रणाली बारेमा जानकारी दिनुभयो।

कार्यक्रममा जनसवालको जवाफ दिँदै वरिष्ठ वन अधिकृत परशुराम चौधरी ले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न सबैभन्दा पहिले हामी आफैं सचेत हुन आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो सृष्टिमा भएका सबै प्राणीलाई बाँच्न पाउने अधिकार छ। ती सबैमध्ये मानव जाति सर्वश्रेष्ठ प्राणी भएकाले हामीले नै सावधानी अपनाउनुपर्छ ।”

वनजङ्गल प्रवेश गर्दा सामूहिक रूपमा जाने, वनभित्र पनि समूहमा नै बस्ने, रातो र पहेँलो रङका कपडा प्रयोग नगर्ने, रात परेपछि घरबाहिर एक्लै ननिस्किने जस्ता सावधानी अपनाउनुपर्ने विषयमा उहाँले जानकारी गराउनुभयो । साथै वन सम्बर्द्धन प्रणालीले वनलाई सुधार गर्नुका साथै स्थानीयको आम्दानीको राम्रो स्रोत बनेकाे बताउनुभयो । वातावरण स्वच्छ राख्न, वनको संरक्षण गर्न र वनबाट दिगो फाइदा लिन वन सम्बर्द्धन प्रणाली आवश्यक रहेकोΚ उहाँको भनाइ थियाे ।

त्यसैगरी, प्रमुख अतिथि वडा अध्यक्ष लालबहादुर चौधरी ले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि स्थानीय तहले सम्बन्धित निकायसँग निरन्तर पहल गर्दै आएको धारणा राख्नुभयो । उहाँले स्थानीयस्तरबाट देखिएका समस्या समाधानका लागि समन्वय आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा सहभागीहरूले पछिल्लो समय वन्यजन्तुको त्रास दिनप्रतिदिन बढिरहेकाे उल्लेख गर्दै वन्यजन्तु व्यवस्थापनका विषयमा वन कार्यालय, स्थानीय तह तथा सम्बन्धित निकायले गम्भीर चासोका साथ लिनुपर्नेमा जोड दिएका थिए ।साे कार्यक्रममा पत्रकार स्थानीय बबई सवडिभिजन अन्तर्गत का सामुदायिक वन का पदाधिकारी हरि तथा उपभोक्ता हरुकाे  हाम्रो 70जनाकाे सहभागिता रहेको थियो।

  • २० माघ २०८२, मंगलवार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२