१४ फाल्गुन २०८२, बिहीबार
१४ फाल्गुन २०८२, बिहीबार
ताजा न्युज
  • न्युज डेस्क

    ३ पुष २०८२, बिहीबार

कृष्णसार
गुलरिया ः बर्दियाको खैरापुरमा पाइने एन्टीलोप प्रजातिको कृष्णसारलाई हिउँद सुुरु भएसँगै आहाराको संकट भएको छ। नेपालबाटै लोप हुन थालेपछि बन्यजन्तु संरक्षण ऐन २०२९ ले यसलाई संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत गरेको छ। सिरुलगायत दुबोका मसिना टुसा खान मनपराउने कृष्णसारहरूलाई हिउँदमा आहारा कमी भएसँगै कार्यालयले आहारा संकट टार्न मौसमी खेती सुरु गरेको छ।
कृष्णसारको आहारा कम भएपछि कृष्णसार संरक्षण क्षेत्रमा मौसमी खेती गर्नु परेको कृष्णसार संरक्षण क्षेत्र कार्यालय बर्दियाका संरक्षण अधिकृत भोजराज पन्थले बताए। संरक्षण क्षेत्रभित्रै कृष्णसारको बासस्थान परिसर चरिचरण क्षेत्रको ८ हेक्टर क्षेत्रफलमा मौसमी खेती गरिएको छ। उनले भने, ‘पहिलो चरणअन्र्तगत गहुँ, मकै, केराउ, मसुरोलगायतका अनाजहरू छरेका छौं। यसले केही दिनलाई कृष्णसारको आहाराको जोहो हुन्छ। अनाज उम्रदादेखि नै कृष्णसार चर्ने भएकाले दोस्रो चरणमा पुनः अनाज छरिने उनले बताए। वन्यजन्तु संरक्षण ऐनले सूचीकृत गरेको वन्यजन्तु कृष्णसार प्राकृतिक वासस्थानमा लोप हुने खतरा बढेपछि सरकारले संरक्षण क्षेत्र घोषणा गरी यसको संरक्षण सुरु गरेको हो। बर्दियाको गुलरिया नगरपालिकाको खैरी पटाहा क्षेत्रको प्राकृतिक वासस्थानमा भाले, पोथी बच्चा गरी २ सय १७ वटा कृष्णसार रहेको संरक्षण अधिकृत पन्थले जनाए।
कृष्णसारको बासस्थान अतिक्रमण, चरीचरण क्षेत्रमा पार्थेनियम लगायतका मिचाहा प्रजाती, छाडा पशुको खुला चरिचरण कृष्णसार संरक्षणको प्रमुख चुनौती रहेको उनको भनाइ छ।
कृष्णसार संरक्षण क्षेत्रमा यथेष्ट आर्थिक अभाव हुँदा संरक्षणमा चुनौती थपिने गरेको छ। हिउँदमा कृष्णसारको चरिचरण क्षेत्रका आहारा घाँसजन्य प्रजातीहरू सुक्ने भएकाले पनि समस्या पर्ने गरेको हो। बर्दियाको गुलरिया स्थित खैरापुरको पटाहा क्षेत्रको प्राकृतिक बासस्थानमा रहेका एन्टीलोप प्रजातीका कृष्णसारहरूलाई बर्षाको समयमा चरिचरणको समस्या नभएपनि हिउँदे सुखा याममा घाँस सुक्ने भएका कारण चरिचरणको समस्या पर्ने गर्छ।

  • ३ पुष २०८२, बिहीबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२