२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
बालिका माथि सामूहिक बलात्कारको आरोपमा पाँच जना पक्राउ
  • न्युज डेस्क

    ३० आश्विन २०८१, बुधबार

आश्विन ३०, २०८१

नेपालगन्ज — बाँकेको राप्तीसोनारी गाउँपालिकाकी १२ वर्षीया बालिका माथि करणी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।बालिकाले बुधबार आफूमाथि करणी भएको भन्दै जाहेरी दिएपछि बैजनाथ गाउँपालिका–१ करेलीका निशान रोकाया, जीवन रोकाया, डम्मरबहादुर रोकाया, गाभरका निर्मल थापा, विजय कार्कीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी धर्मराज भण्डारीले बताए ।

बाँकेको कोहलपुरस्थित एक होटलमा राखेर किशोरीलाई दुई दिनसम्म बलात्कार गरिएको भन्दै किटानी जाहेरी परेको थियो । बैजनाथका तीन जना किशोर र दुई जना युवाले दुई दिनसम्म होटलमा राखेर सामूहिक बलात्कार गरेका हुन् ।

असोज २७ र २८ गते कोहलपुरस्थित होटलमा बालिकालाई बलात्कार गरिएको इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी भण्डारीले जानकारी दिए ।

  • ३० आश्विन २०८१, बुधबार प्रकाशित
  • Nabintech