७ कार्तिक २०८१, बुधबार
७ कार्तिक २०८१, बुधबार
दुई लाख रुपैयाँ बराबरको पटका बरामद

दुई लाख रुपैयाँ बराबरको पटका नष्ट गरीयो

  • न्युज डेस्क

    १७ आश्विन २०८१, बिहीबार

बाके ।

नेपालगन्ज वडा प्रहरी कार्यालयले दशैं–तिहारको समयमा पटका कारोबार नियन्त्रण गर्न नेपालगन्जका विभिन्न स्थानहरूबाट दुई लाख रुपैयाँ बराबरको पटका बरामद गरेको छ। दशैं–तिहार नजिकिँदै गर्दा अवैध पटका कारोबार बढ्न थालेपछि प्रहरीले निगरानी कडा पार्दै यस्तो कारबाही अगाडि बढाएको हो।

वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक अरुण बमले बरामद पटका बिहिबार नष्ट गरिएको जानकारी दिनुभयो। उहाँले दशैं र तिहारको समयमा पटका तथा विस्फोटक पदार्थको अवैध कारोबारले सामाजिक शान्ति र सुरक्षा खलल पुग्न सक्ने भएकाले समयमै नियन्त्रण गर्नका लागि प्रहरीले सक्रियता देखाएका बताउनुभयो ।
प्रहरीको नेतृत्वमा गरिएको यस कारबाहीमा स्थानीय प्रतिनिधिहरूको पनि सहयोग रहेको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नं ५ का अध्यक्ष सराफत हुसेन शेष, स्थानीय बुद्धिजीवी, तथा अन्य व्यक्तिहरूको उपस्थितिमा बरामद गरिएको पटका नष्ट गरिएको थियो।

  • १७ आश्विन २०८१, बिहीबार प्रकाशित
  • Nabintech