२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
खुट्टाले लेखेर एसइइमा २ .९२ जिपिए
  • न्युज डेस्क

    १८ असार २०८१, सोमबार

वडा अध्यक्षले वलीले गरे सहयोगको प्रतिबद्धता

( नेपालगंन्ज )

यस बर्षको एसइई नतिजाले धेरै विद्यार्थी र शिक्षक माथी मेहनत माथि प्रश्न उठिरहेको बेला बँके, राप्तीसोनारी २ मदुई, लक्ष्मी माविका १८ बर्षिय उमेश के.सी खुट्टाले लेखेर एसइइमा २≥ .९२ जिपिए ल्याएर उतिर्ण भएका छन् ।
बँकेको राप्तीसोनारी –२ ,मदुव्ँँका उमेश के.सी जन्मजात दुबै हातले काम नगरेपछि उनी खुट्टाको भरले लेख्न थाले । खुट्टाकै भरले आफना कामहरु गर्न थाले । जन्मजात हातहरु भएपनि उनको हातले राम्ररी काम गरेनन् ।

जन्मजात खुट्टहरु पनि बागिएका थिए । भएको खुट्टाको पनि तिन पटक अप्रेसन गरेपछि मात्र उनि खुट्टाले लेख्न सुरु गरे ।
खुट्टाकै भरमा लामो समय उनि उभिन सक्दैनन् । उनलाइ हिडनका लागि कसैको साहारा चाहिदैन् तर धेरै बेर उभिदा उनलाइ निकै अफठयारो हुन्छ । गाउकै बोडिङ्ग स्कुलमा सात कक्षा सम्म पढेका उमेश आठ कक्षा देखी मदुई राप्तीसोनारी २ मदुई, लक्ष्मी माविमा पढन थालेका हुन् । उनि नियमीत रुपमा बिद्यालय जान्थे । कक्षाकोठामा बेन्चमा लेख्न अफठयारो भएपछि बिद्यालयले उनलाइ छुटै टेबल अनि कुर्सीको ब्यबस्था समेत गरीदिएको उमेशले बताए ।

घर बाट १५ मिनेटको दुरीमा रहेको बिद्यालयमा कहिले मामाका छोरा त कहिले आमाले उनलाइ बिद्यालय सम्म पुरयाउन जान्थीन् । उनको यो सफलताको सबै योगदान उनि आफनी आमा बुवा अनि गुरुहरुलाइ दिन्छन् ।आमा गोमा खत्री छोराको यो सफलताले आफुलाइ निकै खुशि बनाएको बताइन् ।
‘अपागं भएर केही गर्न सक्दैनन् भन्नेलाइ गतीलो झापड भएको मा निकै खुशि छु । ’उनले भनिन् , ‘उसले जाहा सम्म पढने सोच्छ त्यहा सम्म उसलाइ पढाउन कुनै कसर बाकी खराख्दैनौ । ’

प्रहरीमा जागीरे बुवा अहिले नवलपरासीमा कार्यरत छन् । आमा गृहण्ी हुन् । उनका एक मात्र भाइ छन् । जो भर्खर कक्षा २मा पढीरहेका छन् ।
आफुले सोचे भन्दा कम ग्रेट आएकोमा भने उमेश लाइ थोरै खिन्नता छ । ‘यो भन्दा बढि नै सोचेको थिए । तर यो उपलब्धीमा पनि खुशी छु । उनले भने ,‘ अगाढी थप मिहिनेत गरेर पढने छु । ’
उमेश घरका जेठा छोरा हुन् । उनले आफनो रहर लाइ भन्दा जिम्मेवारीलाइ पहिलो प्राथमीकता बनाएका छन् । एसइइ दिएकै द्यिालयबाट उच्च माबि पढने उनको योजना छ। बालि बिज्ञान लिएर पढने योजना बनाएको उनले सुनाए । उनको बिद्यालयमा कक्षा ९ देखी बालि बिज्ञानको अध्ययन सुरु भएको थियो । ‘त्यसैले बालि बिज्ञमन बिषय नै लिएर पढने योजनमा छु । यो कृषिको पढाइ हो उनले भने ,‘लोकसेवा दिएर अधिकृत भन्ने धोको छ । ’
यस बर्षको एसइई धेरै विद्यार्थीले नतिजा राम्रो ल्याउन नसकोके अवस्थामा जटिल अवस्थामा पनि आफनै वडाबाट उमेशले राम्रो अंक ल्याएर पास भएको वडाबासी नै खुशी भएको वडा अध्यक्ष ज्ञानेन्द्ररँज वलीले बताए ।

वडाबाट भन्दा पनि आफनै सेवासुबिधाबाट उनलाइ पढाइ खर्चमा सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।
राप्तीसोनारी २ मदुई, लक्ष्मी माविका प्रधानाध्यापक लक्षमण आचार्यले उमेश मिहिनेती मात्र होइन् अनुशासीत बिद्यार्थी भएको बताए ।
एनको शारीरिक अपागंतालाइ देखेर स्कुलले पनि धेरै सहयोग र ब्यबस्थापन गरेका छौ।हुनत पढने मान्छेलाइ कुनै कुराले रोक्न सक्दैन् । ’उनले भने , यो सफलता उनको पढाइ प्रतिको लगनशिलता अनि प्यासको नै नतिजा हो । ’
सो बिद्यालय बाट १०५ जनाले एसइइको परिक्षा दिएकोमा १२ जना मात्र उतिर्ण भएका हुन् ।

 

  • १८ असार २०८१, सोमबार प्रकाशित
  • Nabintech