१७ असार २०८२, मंगलवार
१७ असार २०८२, मंगलवार
भजनराम मानव अधिकार पुरस्कारबाट सिद्धिकी सम्मानित
  • न्युज डेस्क

    २५ मंसिर २०७९, आईतवार

(नेपालगन्ज)
यस बर्षको भजनराम मानव अधिकार पुरस्कारबाट बाकेकी अधिकारकर्मी मैमुना सिद्धिकी सम्मानित भएकी छन् । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर सिद्धिकीलाई कार्यक्रमका प्रमुख अतिथि उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासका वरिष्ठतम न्यायाधीश डा. रत्न बहादुर वागचन्दले भजनराम मानव अधिकार पुरस्कार प्रदान गरे। सम्मानपत्र, दोसल्लाका साथमा सिद्धिकीलाई २५ हजार नगद रूपियाँले सम्मानित गरिएको थियो । उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासका वरिष्ठतम न्यायाधीश डा.रत्न बहादुर बागचन्दले मानव अधिकारको संरक्षणमा अदालत प्रतिवद्ध रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका सन्दर्भमा नेपालगंजमा आयोजित कार्यक्रमलाई सम्बोधन बोल्दै वरिष्ठतम न्यायाधीश बागचन्दले प्रमाण र पीडितका दर्द हेरेर महत्वका साथ नागरिको मानव अधिकार संरक्षण अदालतमा प्रतिवद्ध रहेको बताए ।
सबै सरोकार निकायले आ आफनो ठाउँबाट बेस्ट परफरमेन्स देखाउन सकेमा मानव अधिकार संरक्षण हुने भन्दै न्यायाधीश वागचन्दले सबैले पीडितको ठाउँमा आफुलाई राखेर कार्य गर्नु पर्नेमा जोड दिए ।
नेपालगंज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले मानव अधिकारको संरक्षण र संबद्र्धन हुन सकेमा देशमा बिकाश र सुशासन हुने बताए ।
जिल्ला प्रशासन कार्यालय बाँकेका निमिक्त प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले मानव अधिकारको बिश्वब्यापी घोषणा पत्रमा उल्लेखित मानव अधिकार सबैले उपयोग गर्न पाउनु पर्ने भन्दै मानव अधिकारको संरक्षणमा जिल्ला प्रशासन कार्यालय प्रतिवद्ध रहेको बताए ।
वरिष्ठ अधिवक्ता बिजय कुमार गुप्ताले मानव अधिकार आयोगका सिफारिस सरकारले पालना नगरेकोमा चिन्ता प्रकट गर्दै बिद्यालय तह देखि नै मानव अधिकार शिक्षा दिनु पर्ने बताए ।
नेपाल बार एशोसिएसनका पुर्व उपाध्यक्ष टिकाजंग सिंहले मानव अधिकारको उल्लघंन राज्यले गर्ने भएकाले नागरिकको मानव अधिकार संरक्षणमा न्यायालयले सक्रियता बढाउनु पर्नेमा जोड दिए ।
महिला बालबालिका तथा जुष्ठ नागरिक सेवा केन्द्र नेपालगंजका प्रहरी निरिक्षक महेश्वरी बिष्टले दिवसमा मात्रै नभै बर्षैभरि मानव अधिकारको कुरा गरिरहनु पर्नेमा जोड दिईन । सबैले आआफनो ठाउबाट जिम्मेवारीपुर्वक मानव अधिकारको क्षेत्रमा काम गर्न सके मानव अधिकार संरक्षण हुने भन्दै अआफनो कार्यालयबाट पीडित भई आएका महिला, बालबालिका तथा जेष्ठ नागरिकलाई न्याय दिलाउन आफु प्रतिवद्ध रहेको बताईन ।
एडभोकेसी फोरमका वरिष्ठ प्रदेश संयोजक वसन्त गौतमले संचालन गरेको कार्यक्रमा महिला कानून र बिकाश मञ्चका वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठ, फियान नेपालका नेपालगंज प्रमुख सुरेश कुमार गौतम, मानव अधिकार एलाइन्सका केन्द्रिय सदस्य प्रभात कुमार ठकुरी, फेडोका अध्यक्ष निर्मला सुनार, म्याग्नामिटका प्रतिनिधि एवं सिद्धीटपका सतिश पाठक लगायतका वक्ताले मानव अधिकार दिवसको महत्वमाथी प्रकाश पार्दै सबै नागरिककोे सबै प्रकारका मानव अधिकारको संरक्षण हुनु पर्नेमा जोड दिएका थिए ।
अध्यक्षको आशनबाट बोल्दै राष्ट्रि«य मानव अधिकार आयोगका नेपालगंज कार्यालय प्रमुख द्धारिका अधिकारीले मानव अधिकारको बिश्वब्यापी घोषणा पत्रमा उल्लेखित नागरिकका मानव अधिकार संरक्षण हुनु पर्ने भन्दै मानव अधिकारको संरक्षण र सम्बद्र्धनमा आयोगको प्रतिवद्धभै लागेको बताईन ।
कार्यक्रमको उदेश्य माथी प्रकाश पार्दै इन्सेकका लुम्बिनी प्रदेश संयोजक भोला महतले मानव अधिकारको बिश्वब्यापी घोषणा पत्र जारी भएको ७४ बर्षसम्म पनि घोषणापत्रमा उल्लेखित मानव अधिकार सवालहरु उत्तिकै सान्दर्भिक रहेको बताउदै यसको संरक्षण र सम्बद्र्धनमा सबैले आफनो क्षेत्रबाट लाग्नु पर्नेमा जोड दिए ।

 

  • २५ मंसिर २०७९, आईतवार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२