२१ भाद्र २०८३, आईतवार
२१ भाद्र २०८३, आईतवार
भोटेकोसी विपद् प्रभावितलाई बाँके बारको १ लाख ६२ हजार सहयोग
  • न्युज डेस्क

    २१ भाद्र २०८३, आईतवार

भोटेकोसी गाउँपालिका–३ क्षेत्रमा आएको प्राकृतिक विपद्बाट प्रभावित तथा क्षति व्यहोरेका परिवारलाई बाँके जिल्ला अदालत बार एसोसिएसन र उच्च अदालत बार एसोसिएसन, नेपालगञ्जले संयुक्त रूपमा १ लाख ६२ हजार आर्थिक सहयोग गरेका छन्।

विपद्का कारण पीडित परिवारले भोग्नुपरेको दुःखप्रति ऐक्यबद्धता जनाउँदै दुवै बार एसोसिएसनले मानवीय सेवाअन्तर्गत उक्त सहयोग प्रदान गरेका हुन्।

बाँके जिल्ला अदालत बार एसोसिएसनकी अध्यक्ष पुनम श्रेष्ठले दुःख र विपद्को समयमा पीडितहरूको साथमा उभिनु मानवीय तथा सामाजिक दायित्व भएको बताइन्। आफ्नोतर्फबाट गरिएको सानो सहयोगले विपद् प्रभावित परिवारलाई केही राहत पुग्ने विश्वास रहेको उनको भनाइ छ।

  • २१ भाद्र २०८३, आईतवार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२