१२ श्रावण २०८१, शनिबार
१२ श्रावण २०८१, शनिबार
व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा भत्ता वितरणसम्बन्धमा सार्वजनिक सुनुवाइ
  • न्युज डेस्क

    २५ जेष्ठ २०८१, शुक्रबार

( नेपालगंन्ज )
परिचयपत्र तथा पञ्जीकरण विभागले व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा भत्ता वितरणसम्बन्धमा सार्वजनिक सुनुवाइ गरेको छ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशकःशिवराज सेढाईको नेतृत्वमा बाके आइपुगेको टोलीले बैजनाथ गाउँपालिकाका शिक्षक, कर्मचारी, जनप्रतिनिधि तथा लाभग्राहीलाई व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता वितरणबारे जानकारी प्रदान गरेको छ।
सामाजिक सुरक्षा भत्ता वितरण तथा व्यक्तिगत घटना दर्ताका सम्बन्धमा स्थानीय निकायका सरोकारवाला व्यक्तिहरूलाई तालिमसमेत दिइएको छ।

बँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालको उपस्थितिमा स्थानीय निकायका कर्मचारी, जनप्रतिनिधि, शिक्षक, पत्रकार तथा लाभग्राहीहरूसँग सार्वजनिक सुनुवाइमार्फत अन्तक्रिया गरिएको थियो ।

अन्तक्रियामा बोल्देप्रजिअ अधिकारीले रिजालले लाभग्राहीसंग प्रत्यक्ष भेटर सामाजिक अन्तक्रिया गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले कुनै पनि काम कानुनले निर्देशन कानुनल गरेबजोजिम गर्न कर्मचारीहरूलाई निर्देशन पनि दिए। ’कानुनले नमिल्ने काम कुनै पनि मानेमा नगर्नुहोस्, कसैले दबाब दिन्छ भने पनि नगर्नोस्,’ उनले भने, त्यसो गर्दा यदि तपाईलाई अप्ठेरो पर्छ भने हामीलाई जानकारी दिनोस् ।’ उनले कानुनविपरीत काम गर्न कर्मचारीहरूलाई दबाब नदिन पनि जनप्रतिनिधिहरूलाई आग्रह गरे ।

विभागका निर्देशक शिवराजसेढाईंले व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा भत्ता वितरणलाई अझै प्रभावकारी र सहजै लाभग्राहीसम्म पुर्याउनका लागि प्रयास हुदै आएको बताए । बढ्दो प्रविधिको विकासलाई मौजुदा कार्यविधिले समेट्न नसकेकाले कार्यविधि परिमार्जनको प्रयास भइरहेको उनले जानकारी दिए।
नेपालको संविधान २०७२ सामाजिक सुरक्षा ऐन २०७५, सामाजिक सुरक्षा नियमावली २०७६ र सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि २०७७ अनुसार विभागले सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको उनले बताए । सामाजिक भत्ता वितरणमा देखिँदे आएका कतिपय कमजोरीहरूलाई सुधार्नका लागि आगामी साउनदेखि लाभग्राहीहरूको विवरण अनिवार्य रूपमा बायोमेट्रिक प्रणालीमा लगिने उनको भनाइ छ।
स्थानीय विकास मन्त्रालय अन्तर्गतका पञ्जीकरण विभाग र गृह मंत्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रलाई गाभेर सरकारले २०७५ असोज २८ गते गृह मन्त्रालयमातहत रहनेगरी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग गठन गरेको हो।

विभागले दिएको जानकारी अनुसार २०८१ जेठ २० गतेसम्म मुलुकभरि सामाजिक सुरक्षा भत्ताका लाभग्राही ३७ लाख ९९ हजार १ सय ५३ रहेका छन् भने बैजनाथ गाउँपालिकामा मात्र ६ हजार ७ सय १३ जना लाभग्राही छन ।

विभागले दिएको जानकारी अनुसार २०८१ जेठ २० गतेसम्म मुलुकभरि सामाजिक सुरक्षा भत्ताका लाभग्राही ३७ लाख ९९ हजार १ सय ५३ रहेका छन् भने बैजनाथ गाउपालिकामा मात्र ६ हजार ७ सय १३ जना लाभग्राही छन ।

राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रलाई गाभेर सरकारले २०७५ असोज २८ गते गृह मन्त्रालयमातहत रहनेगरी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग गठन गरेको हो।

 

 

  • २५ जेष्ठ २०८१, शुक्रबार प्रकाशित
  • Nabintech