१२ श्रावण २०८१, शनिबार
१२ श्रावण २०८१, शनिबार
प्रारम्भीक दु्रत लेखाजोखा, मानविय सहायता तथा लैँगिक समावेशिकरण सम्बन्धि दुइ दिने तालिम सम्पन्न
  • न्युज डेस्क

    २४ जेष्ठ २०८१, बिहीबार

मेनका चौधरी   ःबर्दिया   ः

युरोपियन युनियनको आर्थिक सहयोग तथा डेनिस रेडक्रसको साझदारीमा नेपाल रेडक्रस सोसाइटी बर्दिया जिल्ला शाखा अन्तरगत संचालित विपद जोखिम व्यवस्थापनमा सवलताका लागी सहकार्य कार्यक्रम अन्तरगत गुलरियामा दुइ दिने प्रारम्भीक दु्रत लेखाजोखा, मानविय सहायता तथा लैँगिक समावेशिकरण सम्बन्धि तालिम सम्पन्न भएको छ ।

सो तालिम गुलरिया नगरपालिकाको नगर उपप्रमुख तथा कार्यक्रमका प्रमुख अथिति सावित्रा गौतमले यस्तो किसीमको तालीम नगरपालिका ले समेत राख्नु पर्ने आवश्यकता रहेको बताउनु भयो ।

रेडक्रस सोसाइटी बर्दिया जिल्ला शाखाका सभापति कृष्ण प्रसाद गौतम अध्यक्षतामा सम्पन्न सो तालिमको प्रमुख अतिथीमा गुलरिया नगरपालिका नगर उपप्रमुख सावित्रा गौतम रहनुभएको थियो भने सहजकर्ता कृष्ण प्रसाद तिमिल्सीना र कार्यक्रम अधिकृत लौटन चौधरीले सहजीकरण गर्नुभएको थियो ।

सो तालिममा बाढी प्रभावित वडाबाट जनप्रतिधि, नेपाल प्रहरी तथा रेडक्रस उपशाखा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । तालिमको अन्तिममा सहभागीबाट यो तालिम अति नै प्रभावकारी रहेको जानकारी बारबर्दिया नगरपालिकाका विपद सम्पर्क व्यक्ति कृष्ण गौतम र उपशाखा गुलरियाको उपसभापति प्रेम कुमारी पौडेलले बताउनु भयो ।

साथै यस्तो किसिमको तालिमहरु पालिकाले पनि संचालन गर्नुपर्ने कुरामा प्रमुख अतिथी सावित्रा गौतमले बताउनु भयो र नेपाल रेडक्रसका सभापती कृष्ण प्रसाद गौतमले यस्ता किसिमका तालिमहरु रेडक्रसले निरन्तर गर्दै आइरहेको कुरामा जोड दिदैँ २ दिने तालिम सम्पन्न भएको थियो ।
सो तालिममा गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका बाट जम्मा २७ जनाको उपस्थीति रहेको थियो ।

 

  • २४ जेष्ठ २०८१, बिहीबार प्रकाशित
  • Nabintech