१५ बैशाख २०८१, शनिबार
१५ बैशाख २०८१, शनिबार
अगुवा महिलाहरु लाई नेतृत्व बिकास तथा क्षमता अभिबृद्धीका लागि तालिम
  • न्युज डेस्क

    ६ माघ २०८०, शनिबार

(नेपालगन्ज)

अगुवा महिलाहरु लाई नेतृत्व बिकास तथा क्षमता अभिबृद्धी गर्नुका साथै समुह संगठन संचालन परिचालन तथा समुदायस्तरका स्थानिय सवाललाई न्युनिकरणका लागी स्थानिय निकाय संगको सहकार्यका लागी पहल तथा वकालत गर्ने सम्बन्धि तिन दिने तालिम दिइएको छ ।
नेपाल मुस्लिम समाज बिकास चेतना केन्द्रको आयोजनामा तथा टेवा नेपालको सहयोगमा डुडुवा गांउपालिका जानकी गांउपालिका तथा नेपालगंज उपमहानगरपालिकामा हिंसामुक्त समाजका लागी महिला नेतृत्व बिकास कार्यक्रम अन्र्तगत तालिम दिइएको हो ।

तालिममा डुडुवा गांउपालिका वडा नं.६ हिरमिनिया जानकी गांउपालिका वडा नं.२ भैययापुर र रतैयापुर वडा नंं.३ कालिकापुर तथा नेपालगंज उपमहानगरपालिका वडा नं.१६ जयसपुर, वडा नं.१७ परसपुर वडा नं.२ घरबारीटोल तथा वडा नं.३ र ७ का अगुवा महिलाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा पछाडिपारिएका समुदायको स्थानिय निकायमा पहुंच र पहुंचको अवस्था समुदाय र स्थानिय निकाय बिचको असमानता ,समुदायका सवाल सम्बोधनमा सम्बन्धित निकायको दायित्व तथा भुमिकाका बारेमा तालिम संचालन गरिएको थियो ।
हिंसा पिडितहरु, महिला तथा आमनागरिकहरु सम्बन्धित निकायमा पहुंच र गरिने ब्यवहार अगुवा महिलाहरुको स्थानिय सवालमा स्थानिय सरकार महिला तथा आमनागरिकहरु प्रतिको दायित्वका बारेमा छलफल गरीएको थियो ।

तालिममा प्रशिक्षक अधिवक्ता बिश्वजित तिवारी तथा मोहम्मद शेर बागवान रहेका थिए । कार्यक्रममा जयसपुरका जनप्रतिनिधि तथा नेपालगंज उपमहानगरपालिकाका महिला बिकास शाखाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
कार्यक्रमको अध्यक्षता नेपाल मुस्लिम समाज बिकास चेतना केन्द्रका अध्यक्ष रुबि खानले गरेकी थिईन भने कार्यक्रमको स्वागत महिला अधिकार मञ्च बाँकेकी अध्यक्ष सकिना तेलीले गरेकी थिईन ।

 

  • ६ माघ २०८०, शनिबार प्रकाशित
  • Nabintech