१७ बैशाख २०८१, सोमबार
१७ बैशाख २०८१, सोमबार
खजुरा गाउँपालिकाको समग्र बिकासको लागी खजुरा गाउँपालिकाले छलफलको
  • न्युज डेस्क

    २२ पुष २०८०, आईतवार

 

नेपालगन्ज ः खजुरा गाउँपालिकाको समग्र बिकासको लागी खजुरा गाउँपालिकाले छलफलको आयोजना गरेको छ ।

खजुरा गाउँपालिकाको अध्यक्ष डम्बर बहादुर बिक तुफानको विशेष पहलमा खजुराका बुद्धिजीवी बर्ग, स्थानीय राजनैतिक दलका नेता तथा खजुराका प्रतिनिधित्व गर्ने ब्यक्तिहरुको सहभागीतामा पालिकाको समग्र बिकासको लागी छलफल कार्यक्रमको आयोजना गरिएको हो ।

पालिका अध्यक्ष बिकको जन्मदिनको अवसर पारेर समग्र खजुराको बिकासको लागी खजुराबासीले के कसरी योगदान गर्न सकिन्छ भन्ने बिषयमा छलफलको आयोजना गरिएको थियो ।

छलफलको क्रममा नेकपा एमालेका नेता समेत रहेका सतिस निरौलाले खजुराको बिकासको लागी दलगत धारणा भन्दा माथी उठेर कार्य गर्नुपरेमा जोडदिएका थिए ।

निरौलाले खजुरा गाउँपालिकाको पहिलो जनप्रतिनिधिले सुरुवात गरेको सबै कार्यक्रमलाई यो सरकारले अपनत्व गरेर अगाडी बढाएर समग्र पालिकाको बिकास गर्नुपर्ने बताएका थिए ।

त्यस्तै नेपाली कांग्रेसका स्थानीय नेता रमेश सिजालीले खजुरा गाउँपालिकाको बिकास गर्न सबै दलहरु मिलेर काम गर्नु पर्ने र खजुरालाई बिकास पथमा अगाडी बढाउनु पर्ने जिकिर गरेका थिए ।

कार्यक्रममा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिक तुफानले खजुरा गाउँपालिकालाई नगरपालिकाको लागि सिफारिस गर्ने बताएका छन् ।

डम्बरबहादुर बिक ( तुफान) ले विभिन्न किसिमका बिकास निर्माणका योजना तथा स्थानीयवासिहरुको जीवन सुधार गर्न तथा भौतिक विकास र आर्थिक समृद्धिको अपेक्षा पुरा गर्न सुशासन कायम गर्दै अघि बढ्ने संकल्प सहितको निति तथा कार्यक्रम अगाडि बढाएको वताउनुभयो। शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पशु, स्वास्थ्य, वन वातावरण खानेपानी तथा सरसफाई, भौतिक पुर्वाधार, महिला बालबालिका तथा समाजकल्याण, उद्योग, वाणिज्य तथा रोजगार तथा पर्यटन, विपद व्यवस्थापन लगायतका क्षेत्रको विकासका लागि निति तथा कार्यक्रममा आवश्यक निति अबलम्बन गरिएको छ ।

सुशासन र पादर्शितालाई अवलम्बन गर्दै दिगो विकासका अवधारणालाई पुरा गरिने, पालिकाको सामाजिक तथा आर्थिक रुपान्तरणका लागि स्वास्थ्य सबै नीतिहरुमा लागु गर्दै स्वावलम्बी प्रतिष्पर्धी र स्वस्थ खजुरेली नागरीक उत्पादनमा जोडदिने , पालिकाको आर्थिक समृद्धि तथा गरिवी निवारणमा ठोस योगदान पुर्याउने, खजुरेली जनताको जीवनस्तर, आम्दानी र रोजगारी ले मुर्त रुप दिन पालिकाले नीति लिएको र सबै खजुरावासीले साथदिन अनुरोध गर्नुभयो ।

  • २२ पुष २०८०, आईतवार प्रकाशित
  • Nabintech