१६ बैशाख २०८१, आईतवार
१६ बैशाख २०८१, आईतवार
महिला लाइ पाच दिने चाउमिन बनाउने सिप
  • न्युज डेस्क

    ३० मंसिर २०८०, शनिबार

रुपा गहतराज (नेपालगन्ज)
आर्थिक रुपमा बिपन्न तथा पछाडि पारिएका महिलाहरु लाइ महिला उद्यमशिलता साथै चाउमिन बनाउने शिप सम्बन्धि पांच दिने तालिम दिइएको छ ।
नेपाल मुस्लिम समाज बिकास चेतना केन्द्रको आयोजनामा तथा लुम नेपालको सहयोगमा तालिम दिइएको हो ।
प्रशिक्षक त्रिजन सिंह मोहम्मद शेर बागवान तथा कमल थापाले प्रशिक्षण दिएका थिए । कार्यक्रममा लुम नेपालका प्रतिनिधिको प्रतिनिािधत्व रहेको थियो ।
तालिमका सहभागि महिलाहरु आयआर्जनमा संग्लग्न भई आर्थिक रुपमा भएको परनिर्भतालाई कम गर्न सकिने तथा आफनो खुटटामा उम्भिन सकिने आशा र बिश्वास ब्यक्त गरेका छन ।
तालिममा नेपालगंज उपमहानगरपालिकाका डुुडुवा गांउपालिकाका जानकी गांउपालिकाका श्रमिक, मजदुर महिलाहरु महिला अधिकार मञ्चका महिलाहरु तथा रिफलेक्ट समुहका महिलाहरुको सहभागिता रहेको थियो ।
तालिममा उद्यमशिलता बजारीकरण ब्यवस्थापन बजार अनुगमन तथा चाउमिन बनाउने शिप तथा क्षमता अभिबृद्धिका बिषयहरु मा तालिम दिईएको थियो । कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष रुबि खाँनले गरेकी थिईन भने कार्यक्रम संचालन महिला अधिकार मञ्चकी जिल्ला अध्यक्ष सकिना तेलीले गरेकी थिईन

 

  • ३० मंसिर २०८०, शनिबार प्रकाशित
  • Nabintech