२६ बैशाख २०८१, बुधबार
२६ बैशाख २०८१, बुधबार
श्रमिक महिलाको क्षमता अभिबृद्धि गराइदै
  • न्युज डेस्क

    २२ कार्तिक २०८०, बुधबार

(नेपालगन्ज)
अनौपचारीक क्षेत्रमा कार्यरत मजदुर महिलाहरु लाइ नेतृत्वमा ल्याउन नेतृत्व बिकास सम्बन्धी तालिम दिइएको छ । नेपाल मुस्लीम समाज बिकास चेतना केन्द्रको आयोजनामा तिन दिने नेतृत्व बिकास तालिम दिइएको हो ।
अनौपचारीक क्षेत्रमा कार्यरत महिलाले भोग्नु परेको बिभेद शोषणका बिरुद्ध आवाज उठाउन हौसला प्रदान गर्न तालिमको आयोजना गरीएको अधिकार्मी रुबी खानले बताइन् ।
आइतबार देखी सुरु भएको तालिममा महिला हिसां अन्त्यका लागि सक्षम महिला अभियान कार्यक्रम अन्र्तगत डुडुवा जानकी खजुरा गाउपालीकाका ३० जना महिलाको सहभागिता रहेको थियो ।
तालिममा कानुन ब्यवसायी बिश्वजीत तिवारी अधिकारकर्मी सल्मान फारुकी ,मानवअधिकारकर्मी ,महोम्मद शेर वागवान लगायतले प्रशिक्षण दिएका थिए ।
तालिममा क्षमता अभिबृद्धि गर्नुका साथै ११ सदस्यीय जिल्ला स्तरीय श्रमीक महिला संजाल गठन गरीएको थियो ।
यस्तै महिला अधिकार मन्चको जिल्ला सम्मेलन सम्पन्न गरीएको छ । मनकुमारी गुर्तालको अध्यक्षतामा २५ सदस्यीय समिती चयन गरीएको । महिला अधिकार मन्चको सचिवालय संस्था नेपाल मुस्लीम समाज बिकास चेतना केन्द्रको अध्यक्ष रुबि खांनले जानकारी दिएकी छन ।

 

  • २२ कार्तिक २०८०, बुधबार प्रकाशित
  • Nabintech