२ जेष्ठ २०८१, बुधबार
२ जेष्ठ २०८१, बुधबार
दलित महिला सवालमा ऐकेबद्धता
  • न्युज डेस्क

    १४ आश्विन २०८०, आईतवार

(नेपालगन्ज)

दलित महिलाहरुले स्थानीय तहमा सर्घषले पाएको सहभागीतालाइ सदुपयोग गर्नुपर्ने बताएका छन् । शुक्रबार बाकेको नेपालगंन्जमा भएको दलित महिला संघ फेडो बाकेको १६ औं साधारणसभामा बोल्ने बत्ताहरुले दलित महिलाको उत्थान र नेतृत्वको सवाल सबैको मुद्धा रहेको बताएका हुन् ।
जिल्ला समन्वय समितिका उप प्रमुख सीता कार्कीको आथित्यतामा सम्पन्न गरिएको कार्यक्रममा मानव अधिकार आयोगमा दारीका अधिकारी नेपालगंन्ज उपमहानगरपालीका महिला बालबालिका शाखाकी आशा शाहि , गैरसरकारी संस्था माहासंघका रमेश शिटौला लगायतले आफनो धारणा राखेका थिए ।
साधारण सभाका बिचमा जिल्लाो न्यायीक समितीका बिषयमा छलफल गरीएको थियो । कार्यक्रममा बोल्दै खजुरा गाउपालिकाका मन्जु मल्लले न्यायीक समितीमा सबै भन्दा धेरै खजुरा गाउपालीकाले मुद्धा सहजीकरण गरेको बताइन् । संख्या धेरै आउनु आफैमा राम्रो कुरा होइन् उनले भनिन् , धेरै भन्दा महिलाले न्याय पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो ।
कार्यक्रममा बोल्दै जानकी गाउपालिका की उपाध्यक्ष राम प्यारी यादवले जानकी गाउपालिका धेरै भन्दा धेरै दलित महिला हिसांमा पर्ने गरेको सुनाइन् ।
कार्यक्रममा फेडोकी अध्यक्ष निर्मला सुनारले दलित महिलाका समस्या न्यायीक समिती सम्म पुग्न नसकेको बताइन् । उनले दलित महिलाको सवाल दलित महिलाको मात्र नभएर हरेक स्थानाीय तहले दलित महिलाको सवाललाइ अपनत्व लिनुपर्ने बताइन् ।

 

  • १४ आश्विन २०८०, आईतवार प्रकाशित
  • Nabintech