२ जेष्ठ २०८१, बुधबार
२ जेष्ठ २०८१, बुधबार
वन र वन्यजन्तु संरक्षणमा महिला पत्रकार भुमिकामा जोड
  • न्युज डेस्क

    १८ भाद्र २०८०, सोमबार

(नेपालगन्ज)
संचारीका समुह लुम्बिनी प्रदेशको आयोजनामा वन र वन्यजन्तु संरक्षणमा महिला पत्रकार र सिमान्तकृत समुदायको भूमिकाको विषयमा सरोकारवाला संग छलफल गरीएको छ । वन र वन्यजन्तु रिपोटिङमा महिला पत्रकारको पहुचमा बृद्धि गर्ने उद्देश्यले बाकेको बैजनाथ गाउपालीका स्थीत गाभर होमस्टेमा उक्त कार्यक्रमको अयोजना गरीएको हो ।
कार्यक्रममा बोल्दै बाँके राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत उत्तम चौधरीले निकुञ्जका विषयमा जानकारी दिए । नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धता अनुरूप बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ आषाढ २८ गते बँके, दाङ र सल्यान जिल्लाको ५५० वर्ग कि.मि. क्षेत्र समेटी नेपालको दशौं राष्ट्रिय निकुञ्जको रूपमा बाके राष्ट्रिय निकुञ्जको स्थापना भएको उनले बताए । यस निकुञ्जको पूर्वी सिमाना शिवखोला, पश्चिम कोहलपुर सुर्खेत राजमार्ग, उत्तर चुरे पर्वत र दक्षिण पूर्व–पश्चिम राजमार्ग रहेको बताए । यहँ जैविक विविधताको दृष्टिले वनस्पति प्रजाति, स्तनधारीहरू, बिभिन्न प्रकारका चराको प्रजातिहरू, माछाहरू,यहा पाईने बताए । सन २०१८ को बाघ गणना अनुसार यस निकुञ्जमा २५ वटा पाटे बाघ रहेका छन । यिनको संरक्षण तथा व्यवस्थापनको लागि वन्यजन्तुको आहारा बासस्थान, पानीको उचित व्यवस्थापन गरीएको छ । साथै बाँके राष्ट्रिय निकुञ्जले स्थानिहरुलाई घास दाउरा व्यवस्थापनमा पनि सहयोग गरेको छ ।
बँके राष्ट्रिय निकुञ्जका उक्त अवसरमा बोल्दै अर्जुनवाण गण बाँकेका सेनानी प्रमुख अशोक खड्काले नेपाली सेना नेपालको कान्छो राष्ट्रिय निकुञ्ज बाँके राष्ट्रिय निकुञ्जमा विगत १३ वर्ष देखि बाके, दाङ र सल्यानमा तैनाथ रहेको बताए । नेपाली सेनालाई वन्यजन्तु संरक्षण गर्नको लागि पर्यावरणको संरक्षण, जिवजन्तुको सुरक्षा, निकुञ्जमा काम गर्ने कर्मचारीको सुरक्षा, पर्यटकको सुरक्षा र विपत प्रतिकार्य गर्ने जिम्मेवारी भएको बताए । यस्तै अर्जुनवाण गण बाकेका सेनानी प्रमुख खड्काले वन र वन्य जन्तुको विषयमा महिला पत्रकाहरुलाई रिपोर्टिङ गरी आम नागरीकहरुलाई लेखनका आधारमा जानकार गारउन समेत आग्रह गरे । जिल्ला वन कार्यालय बाकेका प्रमुख गणेश खड्काले वन र वन्यजन्तुको संरक्षणका लागि स्थानिय सरकार, सुरक्षाकर्मीहरुको समन्वयमा सचेतनाका कार्यक्रमहरु संचालन गर्दै आएको बताए ।
इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपि सुन्दर तिवारीले बाँकेलाई तस्करमुक्त बनाउने चुनौती देखिए पनि कडा एक्सनका रुपमा अगाडि बढेको बताए ।
तराइ भूूपरिधी कार्यक्रम कोहलपुरका सह प्रबन्धक कमलराज राइले मानव तथा बन्यजन्तु बिचको मेलमिलाप बढाउन संरक्षणका अभियानलाइ संचारकर्मीले कलम मार्फत उजागर गर्नुपर्ने बताए ।
जेडएसएल बाकेका श्रीराम घिमिरेले नेपालको पश्चिमी तराई परिदृश्यमा बाघ संरक्षणमा पहल गर्दै आएको बताए । बाके राष्ट्रिय निकुञ्जको उत्तरी मध्यवर्ती क्षेत्रमा काम गर्दै आएको उनले बताए ।
संचारीका समुह लुम्बिनी प्रदेश उपाध्यक्ष रुपा गहतराजले वन र वन्यजन्तु संरक्षणका सवालमा महिला पत्रकारको कलम चलाउन आग्रह गरीन् ।
संचारीका समुह बाके शाखाका समन्वयमा भएको कार्यक्रममा बँकेका क्रियशिल महिला पत्रकारहरुको उपस्थित रहेको थियो ।

  • १८ भाद्र २०८०, सोमबार प्रकाशित
  • Nabintech