२ जेष्ठ २०८१, बुधबार
२ जेष्ठ २०८१, बुधबार
नेपालगंन्ज उपमहानगरमा आवास जोखिम बिमा लागु गर्दै
  • न्युज डेस्क

    १४ श्रावण २०८०, आईतवार

(नेपालगन्ज)

बाकेको नेपालगन्ज उपमहानगरपालिकाले आवास जोखिम विमा लागु गर्ने भएको छ । उपमहानगरको वडा नम्बर ३मा दुइ सय १२ र  र ७ मा ५३७ आवास लाइ जोखिम विमा लागु गर्ने भएको हो ।

जोखिम हस्तान्तरणका लागि नेपालमै पहिलो पटक नेपालगन्ज उपमहानगरपालिकाले यस्तो कार्यक्रम लागु गर्न लागेको हो ।

बाक्लो बस्तीका घरहरु तथा जोखिम युक्त घरहरु वडा नं.३ र ७ मा बढि भएको हुदा सुरुवाती चरणमा यिनै वडाहरुलाई छनोट गरिएको नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले बताए ।

‘नगर भित्र अन्य वडाहरुका घरहरु जोखिममा नभएका होइन तर हामीले पहिलो सुरुवाती चरणमा ३ र ७ लाई लिएका छौं, विमा शुल्क वापत नगरले १५ लाख सम्मको रकम उपलब्ध गराउने छ ।’

 

शहरी विपद् तथा भुकम्पीय पूर्व तयारी कार्यक्रम (सुपर) अनुसार छनोटमा परेका वडाहरुमा २० टोलमा शहरी विपद् र भुकम्पको बुझाईको अवस्था थाहा पाउन लक्षित समूह छलफल लगायतका क्रियाकलापहरु गर्दै अगाडि बढेको जानकारी उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद रिजालले बताए ।

नेपालगन्जका साघुरा गल्लीहरुमा पस्नका लागि मोटर साइकल दमकलको तयारी अवस्थामा राखिएको जानकारी पनि रिजालले दिए ।

बाकेका अन्य पालिका र छिमेकी राष्ट्र भारतका सीमावर्ती वस्तीमा दमकल पठाइने गरीन्छ

युनिसेभका अधिकृत नरेश निदालले पश्चिम नेपालमा आउने भुकम्पको अवस्थालाई अनुसन्धान गरेर नेपालगन्जका केही वडालाई छनोट गरी कार्यक्रम संचालन गरिएको बताए ।‘अहिले  अनुमानित रुपमा आठ सय घर मात्र लिएका छौ । यो संख्या बढन पनि सक्छ।’ उनले भने, घनत्व बढि भएका भवन आचारसहिता भन्दा अघि बनेका घर तथा भवनको बिद्युत आचारसहिचा  नभएका घरहरु लाइ पहिलो प्राथमिकतामा राख्ेका छौ। ’

 

  • १४ श्रावण २०८०, आईतवार प्रकाशित
  • Nabintech