२ जेष्ठ २०८१, बुधबार
२ जेष्ठ २०८१, बुधबार
स्प्रिङडेल एकेडेमी द्वारा हुम्लाको बिद्यालयलाइ डेक्स बेन्च हस्तान्त्रण
  • न्युज डेस्क

    ९ श्रावण २०८०, मंगलवार

(नेपालगन्ज )
बाढि पहिरोले हुम्लाका बिद्यार्थी खुला चौरमा पढन बाध्य भएको भन्दै  स्प्रिङडेल डेल एकेडेमी नेपालगंन्जले फर्निचर सामाग्रि सहयोग गरेको छ ।
जनप्रकाश माध्यामिक बिद्यालयमा ताजाकोट –१,काडागाउ हुम्लामा २०७९ को बाढीपहिरोबाट भएको क्षेति ब्यहोरा कन्तिपुर समाचारमा र प्रत्यक्ष बिद्यालयका प्राध्यापकले जानकारी गराएपछि स्प्रिङडेल एकेडेमी नेपालगंन्जले ६० थान डेक्स बेन्च हस्तान्त्रण गरेको हो ।
बिद्यालयका प्रधानाध्यापक दलपति खड्का लाइ मंगलबार डेक्स बेन्च हस्तान्त्रण गरीएको प्राधानाध्यापक स्प्रिड डेल एकेडेमीका प्राचार्य शरद रावलले बताए ।
हुम्ला ताँजाकोट गाउँपालिका–१ को जनप्रकाश माध्यमिक विद्यालयका विद्यार्थी चौरमा बसेर पढ्न बाध्य भएपछि सामाजिक उत्तरदायित्व निभाउदै आफुहरुले सहयोग गरेको उनले बताए ।
गत बर्ष लगातार भएको वर्षाले कक्षा कोठामा भलबाढी पसेपछि जनप्रकाश माध्यमिक विद्यालय काडागाउका विद्यार्थीहरू खुला चौरमा बसेर पढ्न बाध्य भएका थिए ।सो समाचार कान्तिपुरमा प्रकाशित भएको थियो ।
गत वर्ष असोजमा परेको वर्षाले विद्यालयको पछाडिको भागमा पहिरोे गएका कारण पानी पर्ने बित्तिकै सबै कक्षा कोठामा छिर्ने भएकाले आफुहरुले पाएको सहयोगले बिद्यार्थी लाइ पढन सहज हुने जनप्रकाश माध्यमिक विद्यालयका प्रधानाध्यापक दलपति खड्काले बताए ।सो पालिकामा चार वटा माबि रहेका छन् ।

 

 

  • ९ श्रावण २०८०, मंगलवार प्रकाशित
  • Nabintech