२ जेष्ठ २०८१, बुधबार
२ जेष्ठ २०८१, बुधबार
प्रतिवेदन प्रस्तुतिकरण कार्यशाला गोष्ठी
  • न्युज डेस्क

    ९ श्रावण २०८०, मंगलवार

मेनका चौधरी ः बर्दिया

बर्दियाको गुलरियामा स्थानीय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन सुशासन स्व मुल्यांकन मापन प्रतिवेदन प्रस्तुतिकरण कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

स्थानीय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन सुशासन स्व मुल्यांकन मापन प्रतिवेदन प्रस्तुतिकरण माथी छलफल, सुझाव सँकलन भएको हो । सो कार्याक्रममा स्थानीय गाँउपालीका नगरपालीकाको काम, कर्तव्य र जिम्मेवारीको बारेमा प्रस्तुतिकरण गरीएको थियो । छलफलमा स्थानीय विपद पुर्वतयारी र प्रतिकार्य योजना निर्माण खाका प्रस्तुतिकरण, छलफल र उपसमिति निर्माण गर्ने वारेमा छलफल भएको हो ।

उक्त कार्यशालामा नेपाल रेडक्रस सोसाईती बर्दियाको सहजकर्ता तथा कार्यक्रम अधिकृत लौटन चौधरी, पालीका सहायक अच्युत सुवेदी, सहजीकरण गर्नु भएको थियो । युरोपेली आयोग, डेनिस रेडक्रसको आर्थिक सहयोगमा भएको सो कार्याशाला नेपाल रेडक्रस सोसाईती बर्दियाको आयोजनामा भएको कार्यक्रमको अध्यक्ष गुलरिया नगरपालीकाको उपप्रमुख सावित्रा गौतम रहनु भएको थियो ।

सो कार्यक्रममा गुलरिया नगरपालीकाका प्रमुख प्रशाशकीय अधिकृत ओमकार शाह १२ वडाका वडा अध्यक्षहरु विषयगत शाखाको प्रमुख हरु सहभागीता रहेको थियो ।

  • ९ श्रावण २०८०, मंगलवार प्रकाशित
  • Nabintech