२ जेष्ठ २०८१, बुधबार
२ जेष्ठ २०८१, बुधबार
अपागंता भएका महिला युवालाइ स्वरोजगार बनाउन माग
  • न्युज डेस्क

    ५ श्रावण २०८०, शुक्रबार

(नेपालगन्ज)
अपागंता भएका महिला र युवालाइ आत्मनिर्भर बनाउन रोजगारीको सुनिश्तिता गर्न जरुरी रहेको अपागंता अधिकार्मीले बताएका छन् ।
अरुको तुलनामा अपगंता भएकाहरु लाइ आत्मनिर्भर बनाउन सिप सिकाएर स्वरोजगार बनाउनुपर्ने उनिहरुले जोड दिए । ।
नेपालगंन्जमा एक्सेस प्लानेटले बिहिबार अपागंता भएका महिलाको रोजगारी र स्वरोजगारीको अवस्थाबारे सरोकारवालाहरु बीच परामर्श गरीएको हो ।
अपांगता अधिकारर्मी तथा नेपाल अपांग महिलासंघ केन्द्रिय सदस्य विनिता शर्माले अपागंता भएका युवा तथा महिलालाइ आधुनिक प्रविधिको प्रयोग बारे सिप सिकाउन जरुरी रहेको बताइन् । उनले भौतीक संमरचा मात्र अपांगमैत्री भएर नहुने भन्दै अपागं मैत्री ब्यवहार नभएका कारण विभेद कारण जागिर छोडनुपर्ने बाध्यता समेत भएको सुनाइन ।
अपागंता मैत्री बजार व्यबस्थापको ,संरचना अपांगता मैत्री नभएको कारण पनि अपांगता भएका महिला र युवाले राजेगारीबाट पाउन सकेका छैन् ।
नेपालगन्ज उपमहानगरपालिकामा २२ सयको हाराहारीमा अपागंता रहेका छन् ।
संख्या ७ सय ५० जना महिला रहेका छन् । जसमा अपांगता भएका परिचयपत्र प्राप्त १४ सय ३८ जना छन् ।
एक्सेस नेपालका अध्यक्ष गारगी नेपालले उद्योग तथा कलकारखानाहरुमा सिप सिकेका अपागंता भएका युवा तथा महिला लाइ रोजगारीको ब्यबस्था गर्नुपर्ने बताइन् । सरकारले अपांगता महिला युवा लाइ प्रात्सिाहन गर्ने निती ल्याएको छ उनले भनिन् ,‘ तर हाम्रो समाज अपांगता भएकाले केहि गर्न सक्दैन् । भन्ने सोचका कारण उनिहरुको मनोबल बढेन सकेको छैन् । ’
अपांगता क्षेत्रका अभियान्ता भाबुक जंग थापाले अपांता भएका युवा तथा महिला लाइ सिप तथा तालिममा उनिहरुको सहभागिता सुनश्चित गर्नुपर्ने बताए ।
उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले अपांगता सम्बन्धि काम गर्ने संघ संस्थाहरुले उनिहरुलाइ सिप दिएर सक्षम बनाइ रोजगारको सम्भावनाहरुमा सहकार्य गर्नुपर्ने बताए ।
कार्यक्रममा टेक्नोबेस अन द जब कम्पुटर तालिमका सहभागि लाइ प्रमाणपत्र प्रदान गरीएको थियो । टेवाको सहयोगमा तिन महिनाको तालिम दिइएकोे हो । तालिममा दिष्टी सम्बन्धी ८ जना , शारीरिक अपांगता ४ जना गरी १२ जना युवा तथा महिलाको सहभागिता थियो ।
जसमा दश जना महिला दुइ जना पुरुष को सहभागीता रहेको प्रशिक्षक दिपेश महतोले बताए ।
।कार्यक्रममा संन्जिता तिम्सिनाले अपांता भएका महिला र युवाकोे रोजगारीको अवस्थाका बारेमा सहजीकरण गरेकी थिइन् ।

 

  • ५ श्रावण २०८०, शुक्रबार प्रकाशित
  • Nabintech