७ जेष्ठ २०८१, सोमबार
७ जेष्ठ २०८१, सोमबार
नेपालगंन्जकी पुष्प व्यवसायी बिन्दु इन्टरप्राइजग वोमन अफ द यएर २०२३ अवार्डबाट पुरस्कृत
  • न्युज डेस्क

    २३ असार २०८०, शनिबार

(नेपालगन्ज)
नेपालगन्जकी पुष्प व्यवसायी बिन्दु चर्तीमगर इन्टरप्राइजग वोमन अफ द यएर २०२३ अवार्डबाट पुरस्कृत भएकी छिन् । शुक्रबार काठमाण्डौमा बिन्दुले लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै नगद ५१ हजार रुपैयासहित पुरस्कृत भएकी हुन् ।

स्ट्याण्डर चार्टर्ड बैंकको मुख्य प्रायोजनमा द बिजनेस एजले आयोजना गरेको अवार्ड कार्यक्रममा बिन्दुले बाँकेको पुष्प व्यवसायमा गरेको योगदानको कदर गर्दै उनलाई लुम्बिनीबाट पुरस्कृत गरिएको हो ।

बाकेमा व्यवसायिक पुष्प खेतीको सुरुवात गरेकी बिन्दुले विगत ८ वर्षदेखि चर्ति प्लोरा नामबाट उनले पुष्प बिक्री केन्द्र सञ्चालन गर्दै आई रहेकी छिन् । सुरुवाती चरणमा १० कठ्ठा क्षेत्रफलामा सयपत्री फूल उत्पादन सुरु गरेकी बिन्दुले हाल करिब ४० कठ्ठा क्षेत्रफलमा सयपत्री, मखमली, गोदावरी फूलहरू उत्पादन गर्दै आईरहेकी छिन् ।

 

 

 

  • २३ असार २०८०, शनिबार प्रकाशित
  • Nabintech