१२ श्रावण २०८१, शनिबार
१२ श्रावण २०८१, शनिबार
बझाङ दुर्घटना अपडेटः मन्त्री सिंहको निधन
  • न्युज डेस्क

    ५ असार २०८०, मंगलवार

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । मंगलबार बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा पर्नुभएका मन्त्री सिंहको बाँके स्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो ।

डिएसपी तिवारीका अनुसार मन्त्री सिंहलाई दुर्घटना स्थलाबाट थप उपचारका लागि ४ बजेर १६ मिनेटमा कोहलपुर मेडिकल कलेजमा ल्याईएको थियो । मन्त्री सिंहसँगै जीप चालक धर्मराज जोशी र प्रहरी सहायक हवल्दार दीपक भण्डारीलाई पनि उपचारका लागि नेपालगन्ज ल्याईएको ईलाका ईन्चार्ज तिवारीले बताउनुभयो । उहाँका अनुसार दुवैको अवस्था गम्भिर रहेको छ ।

दुर्घटनामा घाइते हुनुभएका मन्त्री पत्नी अमृता र नातामा भाउजु पर्ने जयादेवीको भने उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ल्याउँदा बाटोमै मृत्यु भएको हो ।

प्रदेश मन्त्री सिंह चढेको सुपप्र ९१००१ झ ४८० नम्बरको जीप डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडमा सडकबाट झण्डै ५० मिटर तल कालङ्गा खोलामा खसेको बझाङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।

  • ५ असार २०८०, मंगलवार प्रकाशित
  • Nabintech