१२ श्रावण २०८१, शनिबार
१२ श्रावण २०८१, शनिबार
बर्दियालाइ वीउविजनमा अात्मनिर्भर बनाउन तालिम
  • न्युज डेस्क

    २ असार २०८०, शनिबार

बर्दिया जिल्लालाई बीउ उत्पादनमा अात्मनिर्भर बनाउने अाफुहरुकाे उद्धेश्य रहेकाे एकीकृत कृषि तथा पन्छी बिकास कार्यालय गुलरिया बर्दियाका बरिष्ठ कृषि प्रसार अधिकृ सागर ढकालले बताए ।

वीउविजन उत्पादन , प्रमाणिकरण तथा बिक्रिबितरण सम्बन्धि ३ दिने तालिमकाे समापनमा उनले यस्ताे बताएका हुन ।
कार्यक्रममा बाल्दै उनले बर्दियालाई बिउमा अात्मनिर्भर बनाउनकाे लागि उत्पादन बढाउनु पर्ने , भणडारण तथा बितरण ब्यवस्थामा सुधार गर्नुपर्ने भएकाले यस तालिमले बीउ उत्पादन , अापुर्ति र बितरणमा सहज हुने बताए ।

अहिले नेपालमा कानुन बमाेजिम बीउ उत्पादन गरेर बिक्रिबितरण गर्न पाइने भएकाले बीउ सम्बन्धि ब्यवसाय संचालन गर्न , संचालनमा रहेका ब्यवसायलाई अझै बिस्तार गर्न तालिमले सहयाेग पुग्ने ढकालकाे भनाइ थियाे ।

अब अाउने दिनमा बीउबिजनलाइ अझै गुणसतरिय बनाउदै लैजाने तालिममा सहभागी कृषक निर्मला अाचार्यले बताईन ।

तीन दिने तालिममा अाधारभुत कुराहरु समेटिएकाले अबकाे दिनमा कानुन बमाेजिम बीउ उत्पादन गरेर ब्यवसायि संचालन गर्ने तालिमकी संयाेजक रचना देवले बिश्वास ब्यक्त गरिन ।

बिउविजन गुणस्तर बितरण केन्द्र हरिहरभवन ललितपुरकाे प्राविधिक सहयोगमा जिल्लाभित्रको ८ वटै पालिकाबाट प्रतिनिधित्व हुने गरी विउ उत्पादन गर्ने कृषक, कृषि समुह र कृषि सहकारीहरुको कृषक र अगुवा कृषकहरुलाई सहभागि गराइ विउविजन उत्पादन , प्रमाणिकरण तथा बिक्रिबितरण सम्बन्धि जिल्लास्तरीय ३ दिने  तालिम बिहिबार गुलरियामा सम्पन्न भएकाे छ  ।

जेठ ३० गते देखि ३२ गते सम्म संचालन भएको तालिममा  ६० जना कृषकहरुकाे सहभागिता रहेको थियो । सहभागिहरुलाई प्रमाणपत्र बितरण गरिएकाे छ ।
एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालय गुलरिया बर्दियाले तालिमकाे अायाेजना गरेकाे हाे ।

  • २ असार २०८०, शनिबार प्रकाशित
  • Nabintech