६ चैत्र २०८१, बिहीबार
६ चैत्र २०८१, बिहीबार
बाकेमा स्पाको आर्कषण बढदै
  • न्युज डेस्क

    ८ बैशाख २०८०, शुक्रबार

(नेपालगन्ज )
तनाव जिबन शैली ।कामको ब्यस्तताका बिच थकान बाट छुटकारा पाउन स्प गर्ने चलन बढेको छ ।
पछिल्लो समय पर्यटक आगमनको केन्द्र बन्दै गएको बाकेको नेपालगंन्जमा ठुला ठुला होटल खुल्ने क्रम संगै आधुनिक सुविधा सहित ‘द रोयल स्पा ट्रेनी◊ सेन्टर ’ सञ्चालनमा आएको छ । धम्बोजी स्थीत चोक नजिकै आकर्षक सजावटसहितको द रोयल स्पा ट्रेनी◊ सेन्टरसंचालनमा आएको हो ।
ठुला होटलमा पर्यटकलाई लक्षित गर्दै नेपालगंन्जमा स्पा सञ्चालन हुने क्रम बढ्दो छ । अनुभवी कर्मचारी आवद्ध गरेर ‘ द रोयल स्पा ट्रेनी◊ सेन्टर ’ सञ्चालनमा आएको हो ।
पर्यटन व्यवसायी खड्कराज जोशीले ३० लाख रुपैयाँ लगानी गरेर स्पा सञ्चालनमा ल्याएका हुन् । आठ जना कर्मचारी कार्यरत छन् । ‘नेपालगंन्जमा अरु पनि स्पा सञ्चालनमा छन्,’ उनले भने, ‘हामीले अनुभवी कर्मचारीबाट गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याएका हौं ।’
स्तरीय सुविधा रहेको स्पाले भारतीय र नेपाली पर्यटक लक्षित गरेर आफनो मूल्य तय गरेको उनले बताए । ‘धेरै महंगो मूल्य छैन,’ सञ्चालक जोशीले भने, ‘मूल्य भन्दा सेवाको गुणस्तरमा ध्यान दिएका छौं । त्यसैले सुरुवातमै ग्राहकको संख्या ह्वात्तै बृद्धि भएको छ ।’
यो स्पा नेपालगंन्जको मुटु मानिने धम्बोजी स्थीत ठुला होटेलको बीचमा रहेको छ ।सञ्चालक जोशीले अहिले स्पामा ६ वटा सुविधा सम्पन्न कोठा रहेको बताए । सुरुवातमा आठ जना अनुभवी कर्मचारी मार्फत सेवा प्रदान गरिरहेको उनले बताए । ‘एक जना स्पा प्रशिक्षक रहनुभएको छ,’ उनले भने, ‘बाकी कर्मचारी पनि सबै अनुभबी तथा तालिम प्राप्त हुनुन्छ ।’

उनका अनुसार स्पामा अहिले डीप टिस्यू, स्वडीस, अरोमा, हेड एण्ड सोल्डर, फुट, रोयल सिग्नेचर, आर्यूवेदिक र बडी स्क्रव मसाज सेवा उपलब्ध छन् । ‘निकट भविष्यमा सौना र ज्याकुजी सेवा सञ्चालन गर्दैछौं,’ उनले भने, ‘थप अरु स्पाका सबै सेवा एकै स्थानमा प्रदान गर्ने लक्ष्य छ । सुरुवातमा सस्तो शुल्कमा सेवा प्रदान गरीरहेको उनले सुनाए ।
आयुर्बेदको शैलीमा नशा च्यापीएको समेत उपचार गरीने गरीन्छ ।

 

  • ८ बैशाख २०८०, शुक्रबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    सूचना विभाग दर्ता नं. :