१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
मन्सुरी नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी सदस्यमा निर्वाचित
  • न्युज डेस्क

    ३० चैत्र २०७९, बिहीबार

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी सदस्यमा निर्वाचित भएका छन् । महासंघको बुधबार भएको मतदानमा ७० मतका प्राप्त गरि मन्सुरी केन्द्रीय सदस्यमा विजयी भएका हुन् ।
उनले आफनो जित पछि उद्योग क्षेत्रमा देखिीएका समस्या तथा उद्योगी ब्यवसाहीको हितका लागि काम गर्ने प्रतिबद्धता जनाए ।

दुई दशकदेखि नेपालगन्जमा अजित किराना पसलको प्रोपराईटरको स्थापित मन्सुरी नेपालगन्ज उद्योग वाणिज्य संघमा २ कार्यकाल कार्यसमिति सदस्य, एक कार्यकाल उपाध्यक्ष र बरिष्ठ उपाध्यक्ष हुँदै हाल नेतृत्वमा रहेका छन ।

मन्सुरीले नेपालगन्ज किराना तथा खाद्यान्न व्यवसायी संघको पनि लामो समय नेतृत्व गरे । उहाँ वितरक संघ र लायन्स क्लव सहित बिभिन्न संघसंस्थामा समेत आवद्ध छन् ।

  • ३० चैत्र २०७९, बिहीबार प्रकाशित
  • Nabintech