६ चैत्र २०८०, मंगलवार
६ चैत्र २०८०, मंगलवार
बेष्टर्न अस्पताल नेपालगन्जमा अत्याधुनिक सुबिधा लेभल ३ आइसियु सेवा सुरु
  • न्युज डेस्क

    २१ फाल्गुन २०७९, आईतवार

नेपालगन्ज —
बिगत १९ बर्षदेखि नेपालगन्जमा संचालन हुदै आएको बेष्टन अस्पतालले सिकिस्त बिरामीको उपचार सेवालाई थप प्रभाबकारी बनाउन ८ बेडको लेभल ३ आइसियु सेवा सुरु गरेको छ ।
आइसियुमा भर्ना हुने हरेक बिरामीका लागि एक ÷एक जना तालिम प्राप्त डेडिकेटेड नर्सका साथै २४ सै घन्टा क्रिटिकल केयर कन्सल्टेन्ट डाक्टर डिउटीमा रहने ब्यबस्था मिलाइएको छ । यस्तो सुबिधा भएको आइसियु संचालन गर्ने बेष्टन अस्पताल काठमान्डौ उपत्यका बाहिरको पहिलो निजी अस्पताल हो ।
आइसियुमा भर्ना हुने बिरामीमा हुने बिरामीको स्वास्थ्य सुचकहरुको बारेमा जानकारी दिनका लागि डब्लुएचओ को प्रोटोकल अनुसार बिरामीको हेल्थ इन्डिकेटर इन्फरमेशन सिस्टम मिलाइएको छ । आइसियुमा अन्र्तराष्ट्रिय मान्यता प्राप्त संस्थाहरुबाट उच्च शिक्षा र तालिम प्राप्त अनुभबी चिकित्सक र नर्सहरु कार्यरत छन ।
यस अस्पतालले क्बालिटी अफ नर्सिङ र आइसियु मै २४ घन्टा कन्सलटेन्ट चिकित्सकको ब्यबस्था गरेर गुणस्तरिय उपचार सेवालाई बिशेष फोकस गरेको छ । त्यसै गरी उपचार सेवालाई थप प्रभाबकारी बनाउन यस अस्पतालले टिचिङ, ह्याम्स , ग्रान्डी जस्ता सुबिधा सम्म अस्पतालको आइसियु बिभागमा लामो समय काम गरेका बिशेषज्ञ चिकित्सक र नसिङ स्टाफहरुसंग सहकार्य गर्दै आइ रहेको छ ।
यसका साथै आइसियु मै डाइलासिस सुबिधा छ । ६ वटा भेन्टिलेर सहित अत्याधुनिक उपकरणहरु छन । बेष्टन अस्पतालले आइतबार देखि ६ बेडको एचडियु सेवा पनि सुरु गरेको छ । केहि दिन मै ६ बेडको एनआइसियु संचालन गर्नै तयारी गरि रहेको छ । बेष्टन अस्पतालमा ९ बेडको अप्रेशन थेयटर छ । आइसियु लगायतका सुबिधाहरु बढाउनका लागि करिब ५ करोडको लागतमा उपकरण र पुर्बाधारहरु थप गरिएको हो ।
अस्पतालको क्रिटिकल केयर बिभागमा डा पारस पान्डे मेडिसिन बिभागमा कन्सल्टेन्ट फिडिसियन डा मधु अर्याल सहितका चिकित्सक र नर्सिङ स्टाफहरुको टीम कार्यरत छ ।
एक सय बेडको क्षमताको बेष्टन अस्पतालले अर्थाेपेडिक, ट्रमा, जनरल र्सजरी , प्रसुति तथा स्त्री रोग, नाक कान घाटी , जनरल मेडिसिन , म्याक्जिलो फेसियल सर्जरी र युरोलोजी सम्बन्धी उपचार सेवा प्रदान गर्दै आएको छ । अस्पतालले निकट भबिश्य मै बाल रोग , मानसिक रोग , न्युरो सर्जरीका साथै डाइलासिस सेवा संचालनको तयारी गरि रहेको छ । बेष्टन अस्पताल प्रालि, नेपालगन्ज प्रबन्ध निर्देश डा राहुल थापाले बताए ।

 

  • २१ फाल्गुन २०७९, आईतवार प्रकाशित
  • Nabintech