८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार
नेपालगंन्ज उपमहानगरका सात स्थानलाई ‘फ्री वाईफाई जोन’
  • न्युज डेस्क

    १७ माघ २०७९, मंगलवार

(नेपालगन्ज)
नेपालगन्ज उपमहानगरपालिकाका सात स्थानलाई ‘फ्री वाईफाई जोन’ बनाइएको छ । नगर प्रमुख प्रशान्त विष्टले मंगलबार ‘फ्री वाईफाई जोन’ को सुभारम्भ गरे ।इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंकर्सगको सहकार्यमा उपमहानगरपालिकाले निःशुल्क वाईफाईको सेवा सुरु गरेको हो ।
पहिलो चरणमा नगरका सात स्थानलाई ‘फ्री वाईफाई जोन’ बनाइएको हो । विपी चोक, धम्बोझी चोक, चौलिका चोक, सेतु विक चोक, पुष्पलाल चोक, कारकाँदो चोक र भेरी अस्पताल क्षेत्रलाई ‘फ्री वाईफाई जोन’ बनाइएको सूचना प्रविधि शाखा प्रमुख घनश्याम बर्माले बताए ।
अब लगत्तै त्रिभुवन चोक, राझा चोक, गणेशमान चोक र ट्राफिक चोकमा निःशुल्क वाईफाई सेवा विस्तार गरिने सूचना प्रविधि शाखा प्रमुख बर्माले बताए । एक जना व्यक्तिले २४ घण्टामा ५ सय एमबी बराबरको डाटा प्रयोग गर्न पाउने छन् ।
नगरलाई सूचना प्रविधिमैत्री बनाउँै सर्वसाधारणलाई निःशुल्क इन्टरनेटको सुविधा दिने उद्देश्यले हाललाई केही मुख्य चोकहरुलाई लक्षित गरी वाईफाई निःशुल्क चलाउने व्यवस्था गरिएको नगर प्रमुख विष्टले बताए।
उपमहानगरको हाम्रा २३ वटै वडामा इन्टरनेट पहुच पुगेको छ । जहा अनलाइन प्रणाली सुरु गरीएको छ ।
तत्काल नगरका प्रमुख ११ स्थान ‘फ्री वाईफाई जोन’ बनेपछि विस्तारै २३ वटै वडाभर निःशुल्क इन्टरेनट सुविधा पुग्ने गरी काम गर्ने विष्टको भनाई छ ।
हरेक चोकको ३०० मिटर उत्तर र दक्षिणसम्म इन्टरनेट पहुँच हुने गरी सुविधा दिइएको छ । एक चोकबाट अर्को चोक पुग्दासम्म डिस्कनेक्ट नहुने गरी सुविधा दिने प्रयास गरिएको बताइएको छ ।
वल्र्ड लिंकका नेपालगन्ज प्रमुख नवराज शर्माले अप्ठोरो अवस्थामा वाईफाईको सही सदुपयोग होस् भन्ने हेतुले हाललाई मुख्य चोकहरुमा सुरुवात गरिएको बताउँदै यसको दुरुपयोग वा अनाधिकृत प्रयोग रोक्न पब्लिकलाई ट्रयाक गरेर सिस्टममा ल्याउन पोर्टल पनि बनाइएको जानकारी दिए ।
सर्वसाधारणले पहिलोपटक निःशुल्क वाईफाई प्रयोग गर्दा आफनो मोबाइल नम्बर प्रविष्ट गर्नुपर्ने छ ।त्यसपछि आउने नोटिफिकेशनका आधारमा सुविधा पाइनेछ ।

  • १७ माघ २०७९, मंगलवार प्रकाशित
  • Nabintech